पट्टिवाला कुर्ता लगाउँदै अर्जुन

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७०, शुक्रबार

काठमाडौं, १४ चैत । अर्जुन भन्ने वित्तिकै कान्छिको पट्टिवाला कुर्ता लगाउने समूहतिर पर्दैनन् होला । तर कहिलेकाहीँ कथाले माग्छ केटाले पनि पट्टिवाला कुर्ता लगाउनुपर्छ । यतिखेर संगीतकार अर्जुन पोखरेल पनि पट्टिवाला कुर्ता लगाउने सुरमा छन्, तर आफैंले भने होइन युवराजलाई लगाइदिन खोजेका हुन् ।
सुनको जुहार मुहार, पट्विाला कुर्ता लगाउ कान्छि यार
संगीतकार अर्जुन पोखरेलको शब्द र संगीतमा रहेको माथिको शब्दलाई चलचित्र युवराजको गीतमा समावेश गरिएको छ । अर्थात् संगीतकार अर्जुन पोखरेलकै शब्द र संगीतमा गीत तयार हुँदैछ । चलचित्र युवराजको लागि विहीबार चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियबाट युवराजको गीत रेकर्डिङ कार्यको उद्घाटन गरियो । ड्रिम्स स्टुडियोमा गरिएको उक्त उद्घाटनमा निर्देशक राजु गिरी, संगीतकार अर्जुन पोखरेल, नायिका पूजना स्त्री, जिके शर्मा,  शुभेच्छा थापा, प्रकाश केसी लगायतको उपस्थिति थियो ।
युवराजमा नायक विराज भट्टलाई शिर्ष भूमिकामा खेलाउनको लागि निर्देशक राजु र निर्माता जीके शर्माको दौडधुप खुबै देखिएको छ । विराज पक्का हुने वित्तिकै चलचित्रको छायांकन नेपाल र दुबइमा हुनेछ । चलचित्रका लागि कलाकारद्वय पूजना स्त्री र शुभेच्छा थापा पक्का भैसकेका छन् । निर्माता जीके शर्माले पनि ‘यूवराज’मा अभिनय गर्नेछन् । ‘यूवराज’लाई माया प्रेम र द्वन्द्वको मेल भनिएको छ ।
नायिकाको रुपमा भने निशा अधिकारीलाई प्रस्ताव गरिएतापनि फाइनल भैसकेको छैन । चलचित्रलाई राजु गिरीले निर्देशन गर्ने भएका छन् ।

yubaraj-photo

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु