पत्रकारितासँगै संगीतमा सरोज

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७२, बुधबार

चलचित्र पत्रकारिता मार्फत कला क्षेत्रमा अगाडी बढेका सरोज प्याकुरेलले कलाका धेरै विदामा काम गरे पनि अन्तत संगीत कर्ममा जम्न लागेका छन् । चलचित्र नयाँ पिढिको लेखन तथा संगीतबाट चलचित्र कर्म सुरु गरेका प्याकुरेलेलले चलचित्र र एल्बम गरेर लगभग चार दर्जन गीतमा संगीत भरेका छन् । चलचित्र लेखन, पत्रकारिता, अध्यापन र धेरै सुन्दरि प्रतियोगिताका सहभागिहरुकालागी मोटिभेसन कक्षा अतिरिक्त संगीत क्षेत्रमा काम गर्ने सरोजले पछिल्लो दिन संगीतलाई विशेष प्राथमिकतामा राखेका छन् ।

यो वर्ष मात्रै गीति एल्बमका लागी माछापुच्छ«े रोयो आज, फुल जस्तो कोमल यो मन, तिमि आयौ यो जीवनमा वहार आयो र आजभोलि चोट दिने आफन्तको बजार हुन्छ बोलका गीतमा संगीत भरेका छन् भने चलचित्र तर्फ सुमन दाहालले निर्देशन गर्ने शिर्षक तया नभैसकेको चलचित्र र माधव खरेलले निर्देशन गरेको चलचित्र विरानो हुदैन मायाका लागि पनि यसै वर्ष संगीत भरेका छन् । उनले विगतमा संगीत गरेको चलचित्र राजभाईको तिमि माया बनेर आयौ बोलको गीत निकै चर्चित भएको थियो भने रामकृष्ण ढकालले गाएको आमा बोलको गीतले गत वर्ष राम्रो चर्चा कमायो । तर चलचित्र राजभाई चलाउने बेलामा नाम परिवर्तन गरि दलाल नाम राखेर चलाउदा गीतको पब्लीसिटी नगरेको कारण उनले उत्कृष्ण गीत दिदा पनि त्यो गीतले छलाङ भने मार्न पाएन ।

News
यसपालि रेर्कड भएका गीत मध्धे माछा पुच्छ्रे रोयो आज, पुल जस्तो कोमल योमन र तिमि आयौ यो जीवनमा बोलका तीन वटा गीतको म्यूजीक भिडियो पनि तयार भएको छ । केहि गीतहरुको भिडियो युट्युव मार्फत सार्वजनिक पनि भएको छ । आफुलाई संगीतकार सुरेश अधिकारीको फ्यान भन्न रुचाउने सरोज संगीतकार सुरेश अधिकारी र संभुजित बासकोटाको संगीतबाट निकै प्रभावित छन् । चलचित्र उद्योगमा अहिले निकै राम्रा संगीतकारहरु छन् तथापि उनको विचारमा अजै पनि संगीतकार संभुजित बासकोटा र सुरेश अधिकारीको खाचो उद्योगमा छ । २०६७ साल देखि संगीत सुरु गरेका सरोजले अहिले सम्म चलचित्र नयाँ पिढी, दलाल, योमन, विरानो हुदैन माया, केहि नाम राख्न बाकि चलचित्रमा संगीत भरेका छन् भने एल्बम समयले कोल्टेफेर्दा, दुखाई, यादहरु, घरमेरो काभ्रेपलाञ्चोक लगायतका धेरै फुटकर एल्बममा संगीत भरेका छन् । कामना, मार्गदर्शन, काभ्रे पोष्ट, सञ्जीवनि पत्र, अटो नेपाल लगायतका विभिन्न पत्रिकामा विभिन्न पोस्टमा रहेर काम गरिसकेका सरोज हाल अग्रेजी मासिक पत्रिका ब्रण्डिङ र आटो सँग सम्बन्धित पत्रिका अटो ग्यारेजका सम्पदक पनि हुन् । अहिले उनि सुदन डोटेलको नयाँ एल्बम यादहरुमा र इजरायलमा वस्ने गीतकार सुमन कार्किको नयाँ एल्बमको लागी संगीत सृजना गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु