पदम राइको दोस्रो एल्बम “यो जन्म–२”

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७३, सोमबार

नाङ्खोल्याङ ताप्लेजुङमा जन्म भै हाल धरानमा बस्दै आएका गायक पदम राईको नयाँ गीतको म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ । ‘फूल टिपे काडा वनको…’ बोलको आफ्नो गीतलाई उनले भिडियोमा ल्याएका हुन् ।

यो गीत गायक राइको आउन लागेको एल्बम ‘यो जन्म–२’ समावेश छ । यसअघि उनले ०७० सालमै ‘यो जन्म’ नामक एल्बम बजारमा ल्याएर दर्शक स्रोताहरु माझ लोकप्रियता कमाइ सकेका पदम पुर्बमा हुने कार्यक्रमहरुमा समेत निकै बेस्त देखिन्छन । ०६९ मा ‘ताप्लेजुङ आइडल’ बनेपछि निरन्तर औपचारिक गायनयात्रामा लागेका गायक पदमले पहिलो एल्बम ‘यो जन्म’ को ‘लुकी लुकी’, ‘राम्री न राम्री तरुनी,तिम्रो यादमा बित्छन अचेल,यो जन्म त यस्तै भयो लगायत केही कलेक्सन एल्बम र नेपाली चलचित्र “राम जाने,कुइनेटो“ गरि करिब २ दर्जन भन्दा बढि गीत श्रोता तथा दर्शकले रुचाएका छन भने यो एल्बम उनले करिब तीन वर्षको अन्तरालमा ल्याएका हुन् ।

एल्बम ‘यो जन्म–२’ को गीत पनि श्रोता तथा दर्शकले रुचाइदिनेछन् भन्ने उनले विश्वास र अपेक्षा राखेका छन् । ‘भर्खरै म्युजिक भिडियो रिलिज गरेको छु’ पदमले भने, ‘भिडियो रिलिज गरेको दुई दिनमै राम्रो प्रतिक्रिया आएको छ । त्यसैले पनि यस गीत र एल्बमप्रति आशा जागेको छ ।’

विनोद खम्बु र राजु श्रेष्ठको शब्दरचना रहेको ।गीतलाई विनोद खम्बुले नै संगीत गरेका हुन् । नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेको यस भिडियोमा लामो समयदेखि बेलायत बस्दै आएकी रोमियन लिम्बु र सक्षम श्रेष्ठले मोडलिङ गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु