• परदेशीको व्यथा निकै छ

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७३, मंगलवार

    राजु बोहरा, माघ २, काठमाडौँ । देशको राजनैतिक अस्थिरता र युवा स्वरोजगारको सुव्यवस्था सुनिश्चित नहुँदा दिन प्रतिदिन् कयौं नेपालीहरु परदेशिन बाध्य बनिरहेका छन् । यसरी दोश्रो मुलक पुगेर पनि सोचे जस्तो हुने र मेनपावरले भने जस्तो काम पाउने भए धेरै नेपालीहरु विभिन्न दर्दनाक घटना घटनाबाट बन्चित हुने थिए होला । यस्तै पेरिफेरिमा रहेर परदेशीहरुको यथार्थ कथावस्तुमा आधारित लोक दोहोरी गीत व्यथा निकै छ बोलको गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले भर्खरै बजारमा ल्याएको छ । बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेको छ । न त प्यास लाग्दा पानि पिउन पाउने न त दुख बिरामी हुँदा औषधि उपचार गर्ने आफन्त नै साथमा हुने यस्तै निकै पीडादायी कथावस्तु समेटिएको हुनाले यस गीत छोटो समयमा नै अत्यधिक प्रबासी नेपाली सहित आम संगीत पारखीहरुको मनहरुको रोजाई बन्न सफल भएको हो । यो मात्र नभई कुनै दर्दनाक घटनामा परेर ज्यान गुमाएका र त्यहि लास बाकसमा प्याक भएर स्वदेश फर्केको यथार्थता पनि यस गीतमा चित्रण गरिएको हुँदा संगीत पारखिहरुको यस गीत प्रति उच्च रोजाई बनेको हो ।

    cover-final
    मणिराज स्याङतानको प्रस्तुतिमा रहेको यस गीतमा संचारकर्मी एवंम सर्जक साहस भट्टको उत्कृष्ट लयले यस गीतको यथार्थतालाई छर्लंग पारेको छ । साहसले यस अघि पनि मुटुको घाउ, भुल्नेलाई भुल्न सक्ने ओखती, तिम्ले दियौ व्यथा लगाएतका धेरै गीत संगीतमा लय सिर्जना गरेर नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गरिसकेका छन् । प्रस्तुत गीतमा अहिलेका चर्चित गायक मौसम गुरुङ र बन्दना पाण्डेको सुमधुर आवाज सजिएको छ । गायक मौसमको पनि नेपाली सांगीतिक क्षेत्रमा एउटा उच्च पहिचान बनिसकेको अहिलेको अवस्थमा उनलाई अझै यस गीतले उचाइमा पु¥याउनेमा कुनै शंका गर्ने ठाउँ छैन किनकि उनले गाएको माया प्रीतिको गीत संगै यथार्थपरक थोरैमध्ये यो गीत एक हो । साथै गायिका बन्दना पाण्डेले पनि यस भन्दा पहिला निकै उत्कृष्ट गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर सजाईसकेकी छिन् । उनिद्वारा स्वरबद्ध गीत भेटेर रुम्ला नि, निगाली चोयाले, जोडी मिल्ने हाम्रै, दशैँ गीत खाली हातै आउनुस् भो बरु लगाएतका गीतहरु गाएर अशंख्य श्रोता तथा दर्शकहरुको मनको ढुकढुकी बनिसकेकी छिन् ।

    व्यथा निकै छ बोलको गीतमा शब्द हाल प्रबासमा रहेका मणिराज तामाङको रहेको छ । गीतको कथावस्तु अनुसार बिन्ध्यबासिनी फिल्म्स प्रालिले म्युजिक भिडियोको पनि निर्माण गरिसकेको छ । भिडियोमा आशा खड्का र युबराज तामाङले, बाध्यताबस परदेशिएको कुनै आफ्नो आफन्त र त्यहि आफन्तको बियोग भित्रको पीडालाई सहन नसकेर आफैले नै भोगे जस्तो गरेर उनिहरु द्वयले आफ्नो अभिनय मार्फत यस गीतको यथार्थतालाई प्रष्ट्याएका छन् । यस गीतको म्युजिक भिडियोमा कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु