परिवर्तनका स्वरहरुमा जेएन खनाल

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

इलाम । राष्ट्रिय जनसांस्कृतिक महासंघको २८ औं वार्षिक उत्सवका अवसरमा फागुन ७ गते इलाममा ‘परिवर्तनका स्वरहरु’ नाम दिएर जेएन खनाल एकल साँझ सम्पन्न भएको छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल (जेएन खनाल) ले रचना गरेका गीत अन्तरा सांगीतिक समूहले प्रस्तुत गरेको थियो ।

खनालले लेखेका ११ वटा गीत एकल साँझमा प्रस्तुत गरिएको थियो । अशोक राईको एकल संगीतमा र खनालको एकल रचना रहेको ‘परिवर्तनका स्वरहरु’ नामक ‘जेएन साङ्गीतिक साँझ’ मा अन्तरा सांगीतिक समूहले परिवर्तनकामी गीतहरुलाई प्रस्तुत गरेको थियो । उक्त कार्यक्रम हेर्नका लागि इलाम, झापा, पाँचथर र ताप्लेजुङ जिल्लाका संगीतप्रेमी जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो भने पार्टीका केन्द्रीय नेतादेखि जिल्लास्तरसम्मका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

jn-ashok
खनालका गीतलाई अन्तरा समूहका सञ्जय तुम्रोक, जुना राई, रुपक चौधरी, जितेन्द्र चौधरी, आकाश थापा, देव राईले प्रत्यक्ष गाएर सुनाएका थिए । कार्यक्रमलाई इलाम एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

jn khanal

पार्टीका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय जनसांस्कृतिक महासंघको २८ औं वार्षिकउत्सवका अवसरमा खनालले कविगोष्ठीमासमेत प्रमुख अतिथि भएर जनवादी स्रष्टाका कविता सुनेका थिए भने ललितकलाको चित्रकला प्रदर्शनीको उद्घाटन एवं अवलोकन गरेका थिए ।

ashok rai_jn khanal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु