पर्यटन व्यवसायीको मायाको घर जल्यो

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७२, सोमबार

दिल दुखेको दिन, कति रोए
आँशुको मात्रा नाप्न सकिन ।
मायाको घर, जल्यो जलि रह्यो
तर आगो ताप्न सकिन ।।
सुष्मा म्यूजिकले वजारमा प्रस्तुत गरेको यो मर्मस्पर्सी गीतलाई नव प्रतिभावान गीतकार सुरेश सेन सिंखडाले लेखेका हुन् । पेशाले सुरेश पर्यटन व्यवसायी हुन् । आफुसंग वचेको समयलाई सदुपयोग गर्दै उनले आफ्नो परिचयलाई फराकिलो वनाउँदै गीतकारका रुपमा प्रस्तुत भएका छन् ।

स्वरुपराज आचार्यको स्वर, विरेन्द्र गुरुङको संगीतरहेको गीत हालसालै मात्रै वजारमा आएको हो । मनको भावना पोख्ने गीत संगीत एक मात्र भावनात्मक माध्यम रहेको वुझाई छ सुरेशको ।

Suresh sen Simkhada

दिल दुखेको गीतको शव्द संयोजन गरेर नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका सुरेशको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेकोछ । टिका भक्त जिरेलको निर्देशनमा यस गीतको भिडियो समेत निर्माण भैसकेकोछ । राम केएसी, माला लिम्वु र विश्वदिपको अभिनय रहेको यस भिडियो सम्पादन प्रविन ढकालको रहेको छ भने सुमन कोईरालाले यस म्यूजिक भिडियो लागी क्यामेरा चलाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु