पविधनको ‘मेले वनैमा’

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७३, बुधबार

 

काठमाडौं । पुराना संगीतकार पविधन खालिङद्वारा संगीतबद्ध बाल गीतहरुको नया“ एल्बम ‘मेले वनैमा’ हालै काठमाडौंमा लोकार्पण गरिएको छ । चोमोलुङमा प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा दुई श्रष्ठालाई सम्मानित समेत गरिएको छ ।

बाल गायक–गायिकाहरुको स्वरको विमोचित एल्बममा धनबहादुर खालिङ एकल रचनाका गीतहरु सुन्न सकिन्छ । एल्बमका गीतमा प्रियंका खालिङ राई, मनिष चौधरी, दीपु परियार, अमृत परियार, प्रतिक खालिङ राईको स्वर सुन्न सकिन्छ । विमोचन समारोहमा उक्त एल्बमबाट संकलित रकम सोलुखुम्बको फुलेलीमास्थित श्री सरस्वती बालबाटिका विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिने घोषणा गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै संगीतकार गणेश रसिकले कला, साहित्य र संगीत क्षेत्रलाई तिखार्न चोमोलुङमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै यसलाई थप सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । संगीतकार शान्तिराम राईले विमोचित एल्बमको समिक्षा गरेका थिए ।

समारोहमा दुई जना श्रष्टालाई चोमोलुङमा सम्मान–२०७२ बाट सम्मानित गरिएको थियो । संगीतकर्मी ज्ञानु राणालाई चोमोलुङमा पविधान संगीत पुरस्कार प्रदान गरियो भने साहित्यकार मुलीबीर राईलाई मन लक्की साहित्य पुरस्कारबाट सम्मानित गरियो । पुरस्कारको राशी ८ हजार ८ सय ४८ रुपैया“ छ ।

Bimochan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु