पहिला कित्ताकाट गरौं अनि बाँडौलाः रेग्मी

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७१, शनिबार

काठमाडौं । म्यूजिक क्षेत्रमा धेरै संघसंस्था छन् तर त्यसको नेतृत्व सबैका लागि मान्य हुने नभएको बताउँदै विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले पहिला कित्ताकाट गर्नुपर्ने बताएका छन् । रेग्मीले प्रत्येक संघसंस्थाका अध्यक्षले कमिटीभित्र फरक फरक विचार भएका कार्यसमिति र त्यसभित्रका सदस्यहरुको फरक विचारलाई एकै ठाउँ पु¥याउन नसक्दा आज संगीत क्षेत्र नकारात्मक दिशातर्फ धकेलिएको आरोप लगाउँदै नेतृत्वमा सही विचार आउनुपर्ने बताए ।
त्यस्तै रेग्मीले संगीत उद्योग होस् या उत्पादक समाज जता पनि कलाकार मात्र छन् र प्रत्येक कलाकारको एउटा म्यूजिक कम्पनी छ भने कुन कम्पनीले कसलाई कति दिने की नदिने भन्ने कुरा आफैंमा विवादित भएको बताउँदै पहिला त्यसको कित्ताकाट गरेर मात्र समस्याका समाधान हुने बताएका हुन् । गीतसंगीतको क्षेत्रमा रोयल्टी पाइएन, ठगी भयो या मेरो सिर्जनाले यो पाएन त्यो पाएन भन्नु भन्दा पनि पहिला आफैंमा चरित्र सुधार्नुपर्ने बताएका हुन् । ‘सबैले सकारात्मक सोचौं र मिलेर अघि बढौं अनि उत्पादित वस्तुबाट आएको पनि मिलेर बाडौं’ रेग्मीले बताए । बिम्ब–२ को विमोचनको कार्यक्रममा बोल्दै उनले गायक गायिकाहरु सबै कार्यक्रममा उपस्थित नहुने गरेको बताउँदै गीत चर्चामा छँदा मेरो गीत भन्नका लागि एल्बम सार्वजनिकको अवस्थामा भने नआउने गरेको दुखेसो पोखे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु