पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको सम्पूर्ण तयारी पुरा

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७३, बिहीबार

‘www.musickhabar.com’ (म्यूजिक खबर डटकम) को आयोजना विगत पाँच वर्ष यता हरेक वर्ष ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ सम्पन्न हुँदै आएको छ । पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड भने आज सम्पन्न हुँदैछ । यो समयसम्ममा अवार्डको भौतिक तथा प्राविधीक तथा सम्पूर्ण तयारी पुरा भएको जानकारी पनि आयोजक संस्थाको रहेको छ ।

music

पाँच वर्षमा आईपुग्दा कार्यक्रम थप भव्य र सभ्य हुने ठहर पनि आयोजक संस्थाको रहेको छ । पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् भने यस वर्ष पनि १ सय ६० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३२ विधामा अवार्ड चुम्नेछन् ।

त्यस्तै असार ३० गते सम्पन्न हुने म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई दीर्घ साधना सम्मानबाट सम्मान गरिने भएको छ । भने म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार पत्रकार रमण घिमिरेलाई प्रदान गरिने भएको छ ।

त्यस्तै गायिका कल्पना गुरुङ र कलाकार रमेशचन्द्र राईलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिंदैछ । त्यसैगरी बाल गायक डेकेन्द्र थापालाई ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन’ प्रदान गरिंदैछ ।
त्यस्तै लामो समयदेखि गीतसंगीतमा क्रियाशील गायक तिलक बममल्ललाई ‘म्यूजिक खबर सिङ्गर अफ दि डिकेड’ बाट सम्मान गरिंदै छ ।

आज अर्थात् असार ३० गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने यो अवार्डलाई कुसुम बुटिक लाजिम्पाट, एभरेष्ट बैंक, डिभाइन वाइन, गरुडा हाउजिङ, बीजी मल नयाँ बसपार्क, कोका कोला, नवोदित कलेज,सिभिल बैंक, चेसुङ वाइन, बुढा सुब्बा म्यूजिक लगायतले प्रायोजन गरेका छन् । भने मिडीया पार्टनरमा न्यूज २४ टेलिभिजन, रियाज एफएम, प्रभाव दैनिक, फिल्मीखबर साप्ताहिक रहेका छन् ।

music

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु