पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७३, सोमबार

म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ को लागि आवेदन खुला गरिएको छ । विगत पाँच वर्षदेखि निरन्तर रुपमा हुँदै आएको अवार्डको पाँचौं श्रृंखलाको लागि सम्पूर्ण गीतसंगीतहरुलाई सहभागी हुनका लागि आवेदन खुला गरिएको हो । म्यूजिक खबर डटकमबाट औपचारिक रुपमा आवेदन खुला गरिएको जानकारी गराउँदै गीतसंगीतका स्रष्टा र सिर्जनाले पाँचौं संस्करणको अवार्डमा सहभागी हुनका लागि अनुरोध समेत गरिएको छ ।

musickhabar music award 2073

आधुनिक, लोक, पप, राष्ट्रिय भावको गीत, चलचित्रको गीत जस्ता विविध ३१ विधामा स्रष्टाहरुले आफ्नो गीतसंगीत सिर्जनालाई सहभागी गराउनका लागि आव्हन गरिएको छ । म्यूजिक खबर डटकमको आयोजनामा हुन गइरहेको पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ मा सहभागी हुनका लागि २०७२ बैशाखदेखि चैत मसान्तसम्म बजारमा आएका गीतसंगीतहरुले आवेदन दिन पाउनेछन् । गीतसंगीतका विविध ३१ विधामा हुने यस अवार्ड आगामी असारमा काठमाडौंमा भव्य कार्यक्रमका बीच सम्पन्न हुनेछ ।

प्रत्येक वर्षझैं यस वर्ष पनि अवार्डमा बाल प्रोत्साहन सम्मान, डायस्पोरा सम्मान, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारबाट पनि एक एक जनालाई सम्मान गरिनेछ । अवार्डको इभेन्ट म्यानेजमेन्ट भने शुभकामना मिडिया सोलुशनले जिम्मा लिएको छ । अवार्डमा आवेदन दिनका लागि म्यूजिक खबर डटकमको कार्यालय पुतलीसडक (४०१०५४५) र शुभकामना मिडिया सोलुशन म्हैपी (४३८२०५२) मा सम्पर्क गर्न सक्नुहुनेछ । आवेदन बैशाख मसान्तसम्म खुला रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु