पाँचौ म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७३, बिहीबार

पाँचौ म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ को उत्कृष्ट पाँचमा पर्न सफल भएका कलाकार र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । विभिन्न ३२ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका सम्पूर्ण स्रष्टा सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।

DSC_0203
म्यूजिक खबर डटकमको आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, चलचित्र, गजल, आधुनिक गीतसंगीतका विभिन्न १ सय ६५ कला र कलाकारलाई मनोनयनका प्रमाणपत्र प्रदान गरिएको छ ।
अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रिय, सदस्य सचिव सन्तोष श्रेष्ठ, सल्लाहकार आरसी कोइराला, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई, संगीतकार संघका महासचिव महेश खड्का, संगीत रोयल्टी संकलन समाज महासचिव रमेश बिजीलगायतको हातबाट कलाकारलाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको थियो ।

DSC_0170
कार्यक्रममा डा. कृष्णहरि बराल, अर्जुन पोखरेल, दुर्गा परियार, काव्य आचार्य, सहिमा श्रेष्ठ, भविन ढुंगाना, सुप्रिया कटवाल, सनम कठायत, राजन ठकुरी, वीपी वाग्ले, राजेश हमाल, विरही कार्की, शंकर बिसी, कोपिला छिनाल, कपिल लामा, सुजन शाही, सज्जन हमाल, रविन्द्र राई, समन अधिकारी, विधान कार्की, अनुप जोशी, पारसमणि बराल, होम न्यौपाने, बीबी अनुरागी, निर्मल शर्मा, युवराज चौलागाईं, परशुराम रिजाल, कुमारी गुरुङ, गणेश गुरुङ, आरके गुरुङ, सागर गुरुङ, शर्मिला गुरुङ, प्रकाश सपुत, श्रीकृष्ण बममल्ल, साजन शाह, लोकराज अधिकारी, डा.नवि अधिकारी, नृपध्वज खड्कालगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो ।

DSC_0328
कार्यक्रममा सदस्य सचिव सन्तोष श्रेष्ठले स्वागत मन्तव्य दिँदै कलाकारको सहभागितालाई धन्यवाद दिएका थिए । त्यस्तै कार्यक्रमका निर्देशक शान्तिप्रियले अवार्ड गर्नुको औचित्यबारे प्रष्ट पारेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित रहेका सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिँदै अध्यक्ष सुमन बैरागीले कार्यक्रममा सहभागी भई सहयोग पु¥याउने संघ संस्थाहरुलाई आभार प्रकट गरेका थिए । असार ३० गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन गइरहेको पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डमा सम्पूर्ण तह र तप्काको सहयोग रहने बताउँदै सुमन बैरागीले मनोनयनमा परेका सम्पूर्ण स्रष्टाहरुलाई अवार्डमा उपस्थित हुँदा अनिवार्य नेपाली पोशाकमा आउनका लागि अनुरोध गरेका थिए । पछिल्लो समय नेपाली हुनुको अर्थमा हामीले आफ्नो पहिरनको वेवास्ता गरिएको बताउँदै अनिवार्य रुपमा नेपाली पोशाक लगाउनुपर्ने बताएका हुन् । दौरा सुरुवाल, साडी चोली, भाषाभाषीको भेषभुषमा आफ्नो पहिरनमा आउनु पर्ने बताइएको थियो । कार्यक्रमको संचालन निर्देशक समाजका उपाध्यक्ष सुमन दाहालले गरेका थिए ।

DSC_0301
अवार्डलाई कुसुम बुटिक लाजिम्पाट, पृथ्वी इन्टरटेनमेन्ट, बुढासुब्बा म्यूजिक, शिवदर्शन डिजिटल, नवोदित कलेज लगायतको सपोर्ट रहेको छ । त्यस्तै दर्जनौं मिडियाहरुको सहयोग रहेको यस अवार्डमा न्यूज २४ टीभी र रियाज रेडियोले अवार्डलाई प्रत्यक्ष प्रसारण गर्नेछन् भने प्रभाव दैनिक र फिल्मीखबर साप्ताहिकले अवार्डको नियमित प्रचार प्रसार गर्नेछन् ।

hom DSC_0387 DSC_0377 DSC_0374 DSC_0367 DSC_0336 DSC_0328 DSC_0319 DSC_0316 DSC_0314 DSC_0312 DSC_0309 DSC_0307 DSC_0304 DSC_0301 DSC_0299 DSC_0295 DSC_0292 DSC_0286 DSC_0284 DSC_0281 DSC_0267 DSC_0260 DSC_0252 DSC_0250 DSC_0243 DSC_0230 DSC_0215 DSC_0212 DSC_0199 DSC_0193 DSC_0190 DSC_0185 DSC_0183 DSC_0179 DSC_0158 DSC_0155 DSC_0147 DSC_0145 DSC_0126

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु