पाइरेसी रोक्न म्यूजिक एटिएम ?

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । एटीएमबाट पैसा निकालेजस्तै अब म्यूजिक क्षेत्रमा पनि एटीएमबाट गीत डाउनलोड गर्न मिल्ने भएको छ । म्यूजिक एटीएमबाट पेनड्राइभ, मोबाइल, सीडी वा मेमोरी कार्ड तुरुन्तै गीत डाउनलोड गर्न मिल्ने भएको छ । यो एटीएम प्रणालीबाट गीतसंगीत क्षेत्रमा भएको पाइरेसी रोक्न सजिलो हुने यस प्रविधि भित्र्याउनेहरुको दाबी रहेको छ ।
मुलुकमा गीतसंगीतमा पाइरेसी बढेकोले बिक्री बिरतणमा बाधा आइप¥यो भन्ने गुनासाहरु दिनदिनै बढिरहेको अवस्थामा म्यूजिक नेपाललगायतका विभिन्न सांगीतिक संस्थाहरुको पहलमा म्यूजिक एटीएम सिस्टम लन्च गर्न लागिएको हो । म्यूजिक नेपालका अध्यक्ष सन्तोष शर्माका अनुसार हाल ११ वटा मेसिन काठमाडौंको विभिन्न शहरमा राखिने तयारीमा रहेको र यसको एक महिने परीक्षणपछि यसको संख्या एक सय पु¥याइने भएको छ । पछिल्लो समयमा डिजिटल प्रविधिका कारण गीतसंगीतको व्यापार एक प्रतिशतमा झरेको हुँदा पाइरेसी रोक्ने विकल्पका रुपमा यो प्रणाली ल्याउन लागेको शर्माले बताए । यो प्रविधिबाट सिर्जना चोरी या कपी हुनबाट बच्ने शर्माको दाबी छ ।
यो प्रविधिमा कम्पनीमा गीत वा सीडी किन्न गए जस्तै ग्राहकले एटीएम सिस्टममा भौचर नम्बर पाउँछन् । जुन गीत किन्न खोजेको हो त्यही गीतको भौचर कोड नम्बर एटीएममा डाइल गरे पेनड्राइभ, सीडी, मोबाइल लगायतमा डाउनलोड हुनेछ । ‘यसरी किनिएको गीत अन्यले कपी गर्न वा पुनः डाउनलोड गर्न नमिल्ने हुन्छ,’ शर्माले भने, ‘यसपछि पाइरेसीको सम्भावना नै खतम ।’ प्रतिक्रिया र प्रभाव अनुगमन गरेर देशभर एटीएम विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।
शर्माका अनुसार यो प्रविधिले अब कलाकारको सिर्जना चोरी नहुने र उनीहरुको आर्थिक अवस्थामा पनि सुधार हुनेछ । यो सिस्टम लागूभएपछि कलाकारले १५ प्रतिशत रोयल्टी पाउने छन् । एटीएम सञ्चालनका लागि प्रस्तोता समाज, गीतकार संघ, उत्पादक संघ, संगीत रोयल्टी संकलन समाजलगायत संगीतसम्बद्ध विभिन्न संघसंस्थासँग सम्झौता भइसकेको छ । शर्माले विभिन्न मुलुकमा मेसिनबाट म्युजिक किन्ने प्रचलन रहेको भए पनि नेपालमा अहिलेसम्म नभएकोले सञ्चालनमा ल्याउन लागिएको बताए । मंगलबार अनामनगरस्थित म्युजिक नेपालमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले म्युजिक एटीएमको अवलोकन गरेका थिए ।
अब गीतसंगीत क्षेत्रमा पाइरेसी बढ्यो भन्दै गर्दा कलाकार आफैंबाट सुरुभएको यो पाइरेसीलाई कलाकार नै सचेत नभएसम्म यो म्यूजिक एटीएम पनि प्रभावकारी नहुने अवस्था देखिन्छ । रेकर्डिङदेखि नै कलाकारबाट सुरु हुने पाइरेसी कलाकारले नै त्यो पाइरेसीकर्तासम्म इमेल गरेर होस् र विभिन्न एफएमहरुमा यो गीत बजाइदिनुस् भन्दै इमेल गरेपछि गीतसंगीतको विक्री कहाँ हुन्छ र ? हामी रोयल्टीको कुरा गर्दा रोयल्टी प्रदान गर्ने विभिन्न रेडियो, टेलिभिजनमा फ्रिमा गीत लगेर बुझाउने परिपाटी रहेपछि विना सम्झौता इमेल वा विभिन्न व्यक्तिमार्फत बजाउनका लागि गीत लगिदिने परिपाटीको अन्त्य नभएसम्म यो प्रणाली प्रभावकारी बन्नका लागि निकै चुनौति रहेको पनि देखिन्छ । जे होस् प्रविधिको सदुपयोग गरेर सिस्टमको विकास गर्ने म्यूजिक नेपालको कार्यलाई सह्र्रानीय मान्नु नै पर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु