पानीको हो कि नानीको पछि लागेका हुन् प्रमोद

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार

जेष्ठ २२, काठमाडौं । गायक प्रमोद खरेल सबैका प्रिय पात्रका रुपमा चिनिन्छन् । उनको गायकीले धेरैको मन लोभ्याएको छ । उनका जून गीत आए स्रोताहरुको ध्यान उतै हुने गर्छ । त्यसो त उनको पछि धेरै लागेका भए पनि यतिखेर भने उनी कसैको पछि लागिरहेका छन् । मै मोरो सोझो पछि लागें पानीको, थाहा भएन हेर्नु हुन्न बैंश नानीको भन्दै हिंड्न थालेका छन् प्रमोद पनि । सोझो मोरो पानीको पछि लागेका हुन् की नानीको बुझ्नै गाह्रो भएको अवस्था छ यतिबेला ।

pramod kharel
एउटा बैंश भरिएको नानीको सुन्दरतालाई लिएर आफ्नो सोझोपनभित्रको माया प्रकट गरिरहेका छन् प्रमोद खरेल । एकपछि अर्को हिट गीत दिँदै आएका गायक खरेलले यतिबेला ‘मै मोरो सोझो’ लिएर आएका छन् । आफ्नै शब्द संगीत र स्वरमा रहेको यो गीत यतिबेला यूट्यूबमा चर्चाको शिखरमा छ । सामाजिक सञ्जाल हुन्, रेडियो टेलिभिजन सबैमा मै मोरो सोझोको लोकप्रियता बढेको छ । मै मोरो सोझोलाई नितिन चन्दले निर्देशन गरेका छन् भने अर्जुन गौतम र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको छायाँकन र सम्पादन पनि नितिन चन्दकै रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु