पुर्णकलाको उत्कृष्ट गीतमा अन्जली र अस्मिताको दमदार नृत्य !

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७४, शुक्रबार

पुष ७, काठमाडौं । लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा चर्चित गायिकाकाे रुपमा लाखाैं दर्शक श्राेताकाे माझमा अाफ्नाे परिचय बनाउनु भएकी चर्चित लाेकदाेेहाेरी गायिका पूर्णकला विसीकाे नयाँ लाेकदाेहाेरी गीत सार्वजनिक भएकाे छ।

सञ्जय विसी, सुरेश विसी र गणेश कठायतकाे संयुक्त प्रस्तुतीमा “टिकापुरे ठिटी” नामक धमाकेदार गीत डिजिटल बजारमा सार्वजिनक भएकाे हाे । पूर्णकला विसी र विरन्द्र कठायतकाे उत्कृष्ट स्वरमा रहेकाे यस गीतकाे शब्द विरेन्द्र कठायत र संगीत पछिल्लाे समयका चर्चित संगीतकार रामु खड्काले गनुृभएकाे छ ।

सफल निर्देशक विक्रम चाैहानकाे फरक निर्देशनमा रहेकाे यस म्यूजिक भिडियाेकाे छायांकन प्रकाश खड्काले गर्नुभएकाे छ । भने सम्पादन मिलन विकले गर्नुभएकाे छ ।

पछिल्लाे समय अत्यन्तै रुचाइएका माेडल अन्जली अधिकरी, अस्मिता राना मगर र चक्र बमकाे नृत्य रहेकाे यस म्यूजिक भिडियाेकाे बजार व्यवस्थापन मालती डिजिटलले गरेकाे छ ।
भिडियाे :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु