पुस्करले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार

neesa

 

काठमाडौं, जेठ २२ – गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा आर्यन खड्का र छहना मोडलिङ गरेका छन् । भिडियोमा रोमान्टिक थिम उठाइएको छ । पुरस्कार सुनवारले निर्देशन गरेको गीतको भिडियोमा सम्पादन आर्यन खड्का छायाँकन मुकेश हुमागाइको रहेको छ ।
गीतमा शब्द तथा संगीत निशा लामाकै रहेको थियो । गीतले सबैको मनछुने गायिका निशा लामाले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु