पौडेलको उपचारमा विन्ध्यवासिनी फाउन्डेसमार्फत सहयोग जुटाइँदै

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७३, बिहीबार

गीतकार एवं संगीत व्यवसायी शिव पौडेलको मृगौला फेल भएपछि उपचारका लागि विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट सहयोग आउन थालेकोछ । गीतकार गणेश चौलागाईंले विन्ध्यवासिनी फाउन्डेसमार्फत् ५ हजार सहयोग प्रदान गरेका छन् । त्यस्तै अष्ट्रेलियाबाट पनि अष्टे«लियामा रहेका मोडल तथा गायक नरेश रेग्मी र संगीतकर्मी बिरेन्द्रद्वीप मल्लको विभिन्न नेपालीहरुले सहयोग संकलन गरी पठाएका छन् । उनीहरुले ४२ हजार ५ सय २५ रुपैया विन्ध्यवासिनी फाउन्डेसनमार्फत शिव पौडेलको उपचारमा सहयोग गरेका छन् । विन्ध्यवासिनी फाउन्डेसनको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं.  02901040253918 (Dhumbarahi) मा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

Shiva-poudel copy

गीतसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका पौडेलको केही समयअघि मात्र बेहोस भएर अस्पताल भर्ना हुनु परेको थियो । अस्पतालका अनुसार उनको मृगौलामा समस्या आइपरेपछि डाइलोसिस गर्नुपरेको हुँदा आर्थिक अभाव तगारो बनेर देखिएको थियो । आर्थिक अभावका कारण उनको उपचारमा ढिलाई भएको हो । दुवै मृगौला फेल भएका गीतकार एवं संगीत व्यवसायी शिव पौडेलको उपचारका लागि यतिखेर देशविदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोगको हात फैलाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु