प्रकाश पुरीले भने– रेखा दिदी निर्दोष

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७२, बुधबार

नेपाली रङ्ग क्षेत्र मै सबैभन्दा लोकप्रिय छिन् नायिका रेखा थापा । विभिन्न स्क्याण्डलका कारण पनि उनि उतिकै छाइरहन्छिन् । यिनै लोकप्रिय नायिका थापा विरुद्ध पछिल्लो समय ठगिको समाचार पनि बने । खोटाङमा कार्यक्रममा जान भनि एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै खोटाङ प्रहरीमा अभिनेत्री रेखा थापाविरुद्ध प्रकाश पुरीले मुद्दा हालेका थिए । यहि काण्डबाट प्रतिष्ठित अनि प्रिय नायिका थापाको जीवनमा हुन गएको मानहानीप्रति क्षमा मागेका छन् उनै उजुरीकर्ता पुरीले । सामाजिक सञ्जाल फेसबुक मार्फत रेखा थापाको दोष नभएको बताउँदै उनले भने ‘रेखा दिदी निर्दोष’ हुनुहुन्छ ।

rekha thapa1
पुरीले भने–‘हामी आयोजकको तर्फबाट सम्पर्क गर्न खोज्दा नभएपछि हामी प्रहरीमा उजुरी लिएर गएपछि सञ्चारमाध्यममा आएको समाचारले अनावश्यक मानमर्दन र क्षति पुग्न गएकोमा उहाको चरित्र हत्या गर्ने, बिबादित बनाउने या अन्य कुनै पनि गलत नियत नभएको स्पष्ट पार्दै उहाँप्रति निरन्तर सम्मानका साथ हाम्रो कदमले उहाजस्तो प्रतिष्ठित कलाकारको सामाजिक तथा व्यक्तिगत जिबनमा हुनगएको मानहानी प्रती हामी क्षमा चाहन्छौं ।
पुरीको क्षमा याचना सहितको स्टाटसमा चतु्र अभिनेत्री थापाले पनि आफ्नो केहि गुनासो नभएको कमेण्ट गरेकी छिन् । समयले र भाग्यले साथ दिए आफू हलेंसीको दर्शन गर्न र खोटाङ्गबासीसँग आफ्नो प्रस्तुति पस्किन चाँडै नै खोटाङ्ग आउने उनले बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु