प्रकाश र दुर्गालाई लगन जुरेन रे !

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७३, शुक्रबार

लरक्कै लर्केको सारीले बढा¥यो आँगनको घुरेन, यसपाली विहे गर्छु भनेको के गर्नु लगनै जुरेन यो कस्तो पीडा होला कुन्नी । गायक प्रकाश सपुत र गायिका दुर्गा परियारको अब फेरि विहे होला र ? सोच्नै नसकिने कुरा पनि गर्ने हो त त्यो पनि तिजमा ! तिजमा त दाजु बहिनी, दिदीभाइको कुरा गरेको भए पनि त हुन्थ्यो क्यारे के को विहेको कुरा गरेको होला कुन्नी ?

bijaya thapa

पृथ्वी इन्टरटेनमेन्टको प्रस्तुतिमा प्रकाश सपुत र दुर्गा परियारको तिजको कोसेली ‘राम्री भन्दिनी’ बोलको गीत यतिबेला चर्चामा छ । प्रकाश सपुतको शब्द र लयमा सजिएको तिज गीतमा दुर्गा परियार र प्रकाश स्वयम्को स्वर रहेको छ । विजय थापा र सम्झना रानाको अभिनय रहेको यस गीतलाई भुवन स्याङ्बो तामाङको निर्देशन रहेको छ । तिजकै वरिपरिका कुराहरुलाई समेटेर बनाइएको यो तिज गीतमा जवानीकै कुरालाई केन्द्रीत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु