प्रतिष्ठानका कार्यसमितिको सपथ ग्रहण, विकृतिविरुद्धको पहिलो अभियान

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विकृतिविरुद्ध पहिलो अभियान चाल्ने निर्णय गरेको छ । बद्री पंगेनीको नेतृत्वमा आएको ४५ सदस्यीय कार्यसमितिको सपथ ग्रहण कार्यक्रमसँगै बसेको पहिलो बैठकले लोकदोहोरीमा देखिएको फोहोरी कार्यविरुद्ध पहिलो अभियान चाल्ने निर्णय गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले बताए । पहिलो बैठकबाटै हामीले लोकदोहोरीमा देखिएको विसंगति र विकृतिविरुद्ध कारवाही अभियान अगाडि बढाएको विजीले बताए ।

rajan
अभियान अन्तर्गत प्रतिष्ठानकै कार्यसमितिमा रहेका सदस्य शिव हमाल लगायतका गीतकारहरुले मौलिक गीतसंगीतभन्दा बाहिरका विसंगीत भित्र्याउनेखालका गीत नलेख्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै प्रतिष्ठानका सचिव शंकर विसीले अश्लिलता पस्कने म्यूजिक भिडियो नबनाउने भएका छन् भने सदस्य पार्वती राईले छोटा लुगा लगाएर समाजलाई आँच आउने म्यूजिक भिडियो अभिनय नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । त्यस्तै सदस्य विनोद बाजुरालीले आफूले समाजलाई आँच आउने खालका फोहोरी गीतहरु लिएर आउनेको एरेन्ज नै नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिष्ठानमा विजयी भएर आएका गायक गायिकाहरुले पनि यस्ता गीतहरु नगाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष बद्री पंगेनीले बताए । सम्पूर्ण कार्यसमितिका सदस्यहरु मिलेर लोकदोहोरीमा देखिएको विसंगति र विकृतिविरुद्ध पहिलो अभियान चाल्ने क्रममा सदस्यहरुबाटै सुरु गरिएको अध्यक्ष पंगेनीले बताए ।

subas-kc
उक्त सपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र शर्माले संस्थाका लागि आफू सदैव साथ दिन तयार रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष पंगेनीलाई आफू बसिरहेको ठाउँमा बसालेका थिए । कार्यक्रममा सपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितलाई बधाई दिँदै पूर्व अध्यक्ष दुर्गा रायमाझी, प्रजापति पराजुली, सल्लाहकार राजन लम्साल, गायक कृष्णसुधा ढुंगाना, क्यार्लिफोनियाका लागि नेपाल सरकारका पर्यटन दूत घन दवाडीलगायतले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले अहिलेसम्मकै राम्रो कार्यसमिति चयन भएको प्रशंसा गर्दै अनुहारभन्दा पनि काम राम्रो गर्नुपर्ने बताएका थिए ।

shankar
त्यस्तै कार्यक्रममा अध्यक्ष पंगेनीले आफू प्रतिष्ठानको विधानलाई कुल्चेर कुनै काम नगर्ने र अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन गर्न आफ्नो कार्यसमिति सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ramesh-badri rajan-thakuri badri raju-dhakal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु