प्रतिष्ठानको सचिव पदमा किन जिताउने शंकर बिसीलाई ?

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७३, शुक्रबार

शंकर बिसी आफैंमा एउटा चर्चित मोडल, निर्देशक, कोरियोग्राफर हुन् । त्यसो त उनी गायक पनि हुन् । लोकदोहोरी क्षेत्रमा उनले जिन्दगी नै समर्पण गरिसकेका छन् । विगत २२ वर्ष देखि गीत संगीतको क्षेत्रमा कृयाशील रहिआएका शंकर बिसीले आसन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका छन् ।

vote-for-shankar-bc
बिसीले गरेका ९० प्रतिसत काम लोक दोहोरी गीत नै छन् । करिब १२०० भन्दा बढी भिडीयोमा अभिनय गरेका छन् भने अधिकांश भिडीयोमा नेपाली लोक संस्कृति झल्कियोस् र परम्पराको सम्मान होस भनेर यथासक्य कोशिस गरेको पनि उनी बताउँछन् । दुई हजार पाँच सय हाराहारी भिडियो निर्देशन र सय भन्दा बढी सिनेमामा प्रत्यक्ष अप्रत्यक्ष सहभागीता रहेको उनी बताउँछन् । आफ्नो खुवीले भ्याएसम्म नेपाली लोक संस्कृतीको जगेर्नाको लागि काम गरें, उनले भने पर्दामा मात्र काम गरेर संतुष्ट हुन नसकेर संस्थागत काम पनि गर्नुपर्छ भन्ने अभिप्रायले म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा आवद्ध भएको हुँ ।

shankar-bc
एक कार्यकाल केन्द्रीय सदस्यको हैसियतमा काम गरिसकेपछि अब प्रतिष्ठानको केन्द्रीय सचिवको पदमा रहेर लोक गीत र लोक संस्कृतीको जगेर्नाको लागि काम गर्ने निर्णयमा पुगेको बिसी बताउँछन् । ‘सुर्खेतमा जसरी मलाई अत्याधिक मतका साथ केन्द्रीय सदस्यमा जिताउनुभएको थियो त्यसरी नै यो पटक सचिव पदमा जिताउनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ सचिव पदमा आफ्नो उमेदवारी घोषणा गरेको छु’ बिसीले कुराकानीमा भने – लोकसंस्कृतिको जगेर्ना गर्नु नै आजको आवश्यकता हो । अहिलेभन्दा पनि भोलिको लागि हामी यस क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने देखिन्छ ।

कुराकानीका क्रममा बिसीले भने – समाजमा लोकगीतको प्रभाव बढ्दै गएको छ । परम्परागत कला, पहिचान र संस्कृतिको माया गर्नेहरुका बीचमा हाम्रो जिम्मेवारी पनि बढेको छ । लोकसंगीतप्रति बढेको प्रेमलाई हामीसामु कायम राख्दै भोलिका दिनमा संरक्षण र प्रबद्र्धन गर्नु हाम्रो जिम्मेवारी बढेको छ त्यसैले मेरो उम्मेदवारी यसमा उपयुक्त हुने ठानेको छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु