प्रतिष्ठानमा सदस्य र सल्लाहकार चयन

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७३, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ४५ सदस्यीय कार्यसमितिमा पाँच सदस्य मनोनित गरिएको छ । गत असोजमा भएको निर्वाचनपछि ४५ सदस्यीय जम्बो टोलीको कार्यसमिति बनाइएको प्रतिष्ठानको पाँच सदस्य मनोनित गरेपछि ४३ सदस्यीय कार्यसमिति बनेको छ भने प्रदेश नं १ र ६ मा अहिलेसम्म कुनैपनि प्रतिनिधि नभएकाले खाली राखिएको छ । मनोनित सदस्यहरुमा पुरुषोत्तम थापा, घनश्याम रिजाल, कृष्ण आँसु, सरला पाण्डे र बैकुण्ठ महत रहेका छन् । संस्थाको कार्यालयमा विहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

krishna-aasu
त्यसैगरी प्रतिष्ठानको सल्लाहकारमा भने नारायण रायमाझी, खिम बहादुर हमाल, आरसी कोइराला, उज्ज्लजंग ठकुरी, रामचन्द्र कोइरालालाई यथावत राख्दै कोमल वली, रमेशबाबु श्रेष्ठ, पूर्ण गुरुङ, ऋषिलाल श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको महासचिव सुवास केसीले म्यूजिक खबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु