प्रत्यक्ष प्रसारणबाटै जोजिजूको ‘भावी तिम्ले’

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

काठमाडौं । गायक रामभक्त जोजिजु र गीतकार तथा संगीतकार रामचन्द्र भण्डारी (आरसी)को आधुनिक गीति एल्बम ‘भावी तिम्ले’, नेपाल वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ‘हेल्लो नेपाल’ कार्यक्रममा सार्वजनिक गरिएको छ । उक्त विमोचित एल्बम गायक जोजिजु, गीतकार तथा संगीतकार भण्डारी, भिडियो जक्की एवं भिडियो निर्देशक सोनम पाख्रिनले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विमोचन भए लगतै एल्बममा समावेश गरिएको ‘भावी तिम्ले….’ शीर्षकको गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको छ । गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन तथा यूट्युब च्यानल मार्फत प्रिमियर गरिएको हो । सोनम पाख्रिनद्वारा निर्देशित यस भिडियोमा बिनोद न्यौपाने, ईश्वर तथा श्रीरामले अभिनय गरेका छन् । पोखरामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार रामचन्द्रले आफ्नै जीवनभोगाइमा आधारित गीत तयार पारेको बताएका छन् ।

rambhakta jojiju
पछिल्लो समय पोखरामै सांगीतिक कर्म गरिरहेका गायक रामभक्त जोजिजूले सुगम संगीतमा आधारित यो गीतले मानवीय स्वभावको वर्णन गरेको प्रतिक्रिया दिए । संगीतकार बीबी अनुरागीद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोका छायांकार अर्जुन तिवारी हुन् भने टेकेन्द्र शाहले यो भिडियो सम्पादन गरेका हुन् । यो एल्बमलाई जोजिजू ईन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको छ ।

rambhakta - rc

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु