प्रभात लिएर आए प्रभात

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७३, आईतवार

अनामनगरस्थित मण्डला नाटकघरमा आयोजित एक कार्यक्रममा, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष प्रभात सुवेदीद्वारा रचित पहिलो एकल आधुनिक गीतहरुको एल्बम ‘प्रभात’ सार्वजनिक भएको छ । आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल लगायतले उक्त एल्बम लोकार्पण गरेका थिए । गीतकार सुवेदीको पहिलो गीति एल्बम ‘प्रभात’मा संगीतकार प्रल्हाद बोगटीको एकल संगीत रहेको छ । एल्बममा राजेशपायल राई, अञ्जु पन्त, दिपक लिम्बु, प्रमोद खरेल, दुर्गा परियार तथा युवराज चौंलागाइको स्वरमा कुल ६ वटा गीत रहेका छन् । गीतकार तथा रेडियोकर्मी लोकराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ गीतकार रमेश पौडेलले एल्बममा समावेश गीतहरुको समिक्षा गरेका थिए भने वरिष्ठ संगीतकार राजु सिंहले एल्बमका गीतहरुको संगीतमाथि आफ्नो विचार राखेका थिए ।

1604305411256a0e-4e95-46c2-9d2f-32485a5454b3

सम्पूर्ण श्रष्टा तथा सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष तथा गीतकार शान्तिप्रिय र चलचित्र निर्देशक नवल नेपालले एल्बमका श्रष्टाहरुलाई शुभकामना व्यक्त गरे भने निर्देशक सुव्रत आचार्य निर्दे्शित दुई म्युजिक भिडियोहरु पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक म्युजिक भिडियोहरु मध्ये गायिका अञ्जु पन्तले गाएको तिम्रो आफ्नै मान्छे हु म मा नायिका नीता ढुंगानाका साथ मोडलद्वय निराजन प्रधान र कृति खरेलले अभिनय गरेका छन् । गायक दिपक लिम्बु तथा गायिका दुर्गा परियारको युगल स्वर रहेको गीत ‘जिन्दगीको लामो यात्रा’ मा नायक गजित बिष्ट र नायिका निष्मा घिमिरेका साथ बालकलाकार साइएरा आचार्यको अभिनय छ । म्युजिक भिडियोलाई छायांकार अर्जुन तिवारीले छायांकन तथा भरत रेग्मीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोहरु केही दिन भित्र युट्युब तथा टेलिभिजनहरुमार्फत प्रदर्शन गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु