प्रमिला र सिर्जनालाई तिज लाग्यो

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७३, बुधबार

गायिका प्रमिला पुन र सिर्जना केसीलाई वास्तविक तिजले छोएको छ । तिज आउन अब केही हप्ता बाँकी भए पनि उनीहरुले तिजलाई राम्रैसँग बनाउने भएका छन् । आकाशभरि बादलु घेरो तिजको सेरोफेरो भन्दै तिजको सन्देश फैलाउने उद्देश्यले उनीहरुले गीत बजारमा ल्याएका हुन् । हामी सबै नेपाली हौं सबै मिलेर बस्नुपर्छ, रमाइलोसँग तिज मनाउनुपर्छ, तेरोमेरो भनेर पनि केही हुँदैन भन्ने सन्देशसहित उनीहरुले तिज गीतलाई बजारमा ल्याएका हुन् ।

teej sirjana kc
गायिका सिर्जना केसी यसभन्दा पहिला पनि गीतसंगीतमा राम्रै चर्चा पाएकी गायिका हुन् । उनले संगीतकार राम सिटौलाको संगीतमा रहस्य नामक एल्बम बजारमा ल्याएपछि आफूलाई गायिकाको श्रेणीमा राख्न सफल भएकी थिइन् । रहस्य एल्बमको एकै झल्को बोलको गीतले गायिका सिर्जनालाई चिनाउन सफल भएको थियो । त्यस्तै अर्को आधुनिक एल्बमको तयारीमा जुटेकी सिर्जना केसीले मैच्याङ तिम्रो बोलको गीतलाई बजारमा आउने तयारीमा छ । एल्बम ‘साथ’मा समावेश गरिने उक्त गीतको सिर्जनाले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् ।

sirjana
त्यस्तै गायिका प्रमिला पुनले प्राय गरेर तिजको अवसर पारेर एल्बमहरु बजारमा ल्याउने गर्छिन् । रातो सारी लर्काइ, छप्प रुपैयाँ जस्ता तिज गीत गाइसकेकी प्रमिलाले हुरी बनी आइदियौ बोलको आधुनिक गीत पनि बजारमा ल्याइसकेकी छिन् । उनले गाएका प्राय गीतहरुले राम्रो प्रतिक्रिया पाउन सफल भएका छन् ।

teej pramila pun
यी दुई गायिकाको संयुक्त प्रस्तुतिमा आएको तिज गीत आकाशभरि बादलु घेरो तिजको सेरोफेरोले अहिले सञ्चारमाध्यममा राम्रो स्थान पाउन सफल भएको छ । यूट्युबदेखि रेडियो टेलिभिजनमा पनि राम्रो स्थान पाइरहेको यस गीतले तिजमा राम्रो सन्देश लिएर आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु