प्रमोदको आवाजमा रेजिना र देवराजको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

२० जेठ, काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको मिठो स्वरमा अम्बिका म्यूजिकबाट बजारमा आएको ‘कयौ गल्ती’ बोलको गीतमा नायिका रेजिना उप्रेति र छायाँकार देवराज आचार्यको रोमान्स छल्किएको छ ।

गीतलाई तोरण बस्नेतले लेखेका हुन् । उनको शसक्त लेखनलाई भक्त लुंगेली मगरले जीवन्त संगीत दिएका छन् । प्रवासमा रहेर नेपाली संगीतलाई असाध्दै माया गर्दै आएका भक्त लुगेंली मगरको संगीतमा गायक खरेलले आफ्नो उत्कृष्ठ गायकी देखाएका छन् ।

 

कुनै समयकी लोकप्रिय नायिका रेजिना उप्रेतीको सशक्त अभिनय यो गीतमा हेर्न सकिन्छ । चलचित्र अभिनयमा उनलाई देख्न नपाएको धेरै भएकाले पनि यो गीत श्रोताको लागि बिशेष छ। रेजिना पहिलेभन्दा पनि अझ राम्री बनेर भिडियोमा झुल्केकी छिन् । उनको सौन्दर्य पनि भिडियो बिशेष बनेको छ।

 

अभिनयमा रेजिनालाई देवराज, सरप्राइज सुबेदी , चन्द्रिकाले साथ दिएका छन् । सबैको काम तारिफ योग्य छ। मिलन बिकको सम्पादन, सुरज खनालको छायांकन पनि उत्कृष्ठ छ। हरि उदासीले पनि आफ्नो निर्देशकिय क्षमता देखाएका छन् । समग्रमा गीतको भिडियो राम्रो बनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु