प्रमोदको हंगामा मच्चाउने तरिका

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७३, सोमबार

देशदेखि विदेशमा पछिल्लो पुस्ताका गायकहरुमध्ये सबैभन्दा बढी रोजाइमा पर्न सफल गायक हुन् प्रमोद खरेल । खरेल जुन स्टेजमा चढ्छन् त्यहाँ हंगामा मच्चिन्छ अर्थात् उनका गीतमा वान्समोर वान्समोर भन्नेहरुको कमी हुँदैन । मेरो दिल छ पोखरामा, डुबायो पापी मायाले, हंगामा जस्ता गीतले दर्शकहरुको मन जितिसकेका गायक खरेलले पछिल्लो समय बजारमा ल्याएको गीत झुमा झुक्कावली जहाँ गाउँछन् दर्शकहरुलाई धित नै मर्दैन र फेरी गाउन लगाइहाल्छन् ।

pramod kharel1

नयाँ वर्षको अवसर पारेर यूएइको अलाइन शहरमा भएको सांस्कृतिक कार्यक्रममा गायक प्रमोद खरेलले हंगामा मच्चाएरै छाडे । उनका हरेक गीतमा दर्शकहरु यसरी झुमे की गर्मीलाई नै बिर्साइदियो । उनको झुमा झुम्कावलीले झन् चर्चा बटुल्यो, सबैको वाही वाही पायो । हंगामा मच्चियो कि मच्चिएन भनेर तपाईंले बुझ्न सक्नुभएन भने तस्विर हेरेर बुझ्न सकिन्छ । उनले गीत गाउँदै गर्दाको तस्विरहरु हेर्नुस् कसले कति हंगामा मच्चायो भन्ने प्रष्ट हुन्छ ।

pramod kharel2
त्यसो त उनीसँगै कार्यक्रममा भाग लिन पुगेका निर्देशक एवं डान्सर प्रकाश भट्ट, गायिका सहिमा श्रेष्ठ, याम थापा, विल्सन विक्रम राई शान्तिश्री परियार लगायतका कलाकारहरुको प्रस्तुतिमा पनि उत्तिकै दर्शकहरु झुेमको थिए । यूएईको कार्यक्रम सक्ने वित्तिकै अब गायक प्रमोद खरेल युकेतिर हानिएका छन् । युकेको मा अलसर्ट अक्स्फोर्ड फल्थम बसिग्टोकमा हुने ४ वटा कार्यक्रममा भाग लिन उनी युकेतिर हानिएका हुन् । डीएसआइ इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा उनको झुमा झुम्कावलीले अझै चर्चा बटुल्ने पक्का छ । यही अप्रिल २९, मे १, ६ र ८ तारिखमा युकेमा हुन लागेको उक्त कार्यक्रममा पनि उनका गीतहरुले धमाका मच्चाउनेछन् । उनलाई कलाकार शिवहरि पौडेल र किरण केसीले कार्यक्रममा साथ दिनेछन् भने उनी मे १० तिर नेपाल फर्कने योजना रहेको छ ।

pramod kharel3

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु