प्रमोद, मनोज र विश्वप्रकाशको सामाजिक सक्रियता

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७३, सोमबार ०७:१८

pramod-kharel

काठमाडौं, २७ मङ्सिर । लोकप्रिय गायक प्रमोद खरेल, चर्चित कलाकार मनोज गजुरेल र युवा राजनीतिकर्मी विश्वप्रकाश शर्माको सक्रियता पछिल्लो समयमा कलाकारीता र राजनीति कर्ममा मात्र सिमित भएको छैन्, सामाजिक गतिविधीमा पनि उनीहरुको सक्रियता उतिकै बढेको छ ।pramod-bishwoprakash-manoj
राष्ट्रिय स्तरका स्थापित व्यक्तित्वहरु गायक प्रमोद खरेल, कलाकार मजोज गजुरेल र राजनीतिकर्मी विश्वप्रकाश यतिवेला प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेतीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् । २२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने,‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ। गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने। कलाकारहरुको अभियानले आशा देखाएको छ।’ सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर ५४४९२३३७५२४००१सहयोग गर्न सकिने गायक खरेलले बताएका छन् ।

sujata_subedi

यसअघि पनि प्रमोदकै प्रयाशमा २०७२को महाभूकम्प पश्चात काभ्रेमा ५१ वटा घर बनाएका पछिल्लो पटक दोलखाको सरस्वती प्राविले नयाँ रुप पाएको छ । त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु