प्रमोद राजले ‘मेरो घरको छानो’ ल्याए

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७३, बुधबार

काठमाडौं । गायक प्रमोद राज न्यौपानेको गीति संग्रह एल्बम ‘मेरो घरको छानो’ राजधानीमा आयोजित एक कार्यक्रमका विच औपचारिक रुपमा विमोचन गरिएको छ । चर्चित गायन कलाकार, साहित्यकार, समाजसेवीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङ, वरिष्ठ गीतकार कृष्णहरि बराल र वरिष्ठ संचारकर्मी भरत शाक्यले संयुक्त रुपमा सो एल्बमको विमोचन गरेका थिए । बिगत २००९ सालदेखि बेलायतमा बस्दै आएपनि नेपाली गीत संगीतप्रति उत्तिकै माया राख्ने गायक न्यौपाने करिब ८ वर्षको अन्तरालपछि ‘मेरो घरको छानो’ नामक एल्बमका साथ आएका छन । यो एल्बममा ७ वटा गीत समावेश छन्, जसमध्येको शिर्षगीत मेरो घरको छानोँको म्युजिक भिडियो प्रिमियर गरिएको छ । जसलाई भुषण दाहालले निर्देशन गरेका छन । उक्त एल्बमका गीतहरुमा शब्द युरान, संगीत सागर कीनारको रहेको छ । भाईब्स क्रियशनले उक्त एल्बमको बजार व्यवस्थापन गरेको छ ।

1604275013115343_1161593827207510_170795369_n

२०३२ सालमा तनहुँ स्याम्घामा जन्मिएका गायक न्यौपानेले संगीतकार प्रकाश गुरुङबाट संगीतको औपचारिक अध्ययन गरेका थिए । रेडियो नेपालबाट २०५१ सालमा स्वर परिक्षा उत्तिर्ण गरेका उनी विभिन्न एफएममा कार्यक्रम सञ्चालकका रुपमा पनि चिनिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु