प्रिन्स र सानु माथी दैवको लिला

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७३, शनिबार

गायक प्रमोद खरेलको स्वर रहेको ‘दैव तेरो लिला कस्तो…’बोलको स्याड गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा म्युजिकको यु ट्यु मार्फत गीत सार्वजनिक भएको हो । केही दिन अगाडी चपली हाईट आसपासमा छायाँकन गरिएको भिडियो नयाँ पात्रलाई ससत्त अभिनयमा उतारीएको छ ।  रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा प्रिन्स अधिकारी र सानु तामाङले मोडलिङ गरेका छन् ।

v3

भिडियोको निर्देशन रत्न जोसीले गरेका हुन् । गीत श्याड शैलीको भएकोले त्यस्तै शैली भिडियो निर्माण हुने गरेर आफुले छायांकन सकाएको निर्देशक जोसीले बताए । ‘अतितथका प्रेम सम्झिएर बिरक्तिएको ब्यक्तीको बिषयबस्तु भिडियो आफुले उतारेको छु ’ निर्देशक रत्न थपे ।

v2

केही गीतको म्युजिक भिडियो अनुभव हासिल गरेका मोडल प्रिन्सले आफुले मोडलिङ गरेको भिडियो मध्य यो धेरै राम्रो बन्ने बताए । केही छोटा चलचित्र अभिनय गरेकी मुस्काले पनि भिडियो राम्रो बन्ने बताइन् । भिडियो छिट्टै नै सार्वजनिक गर्ने निर्देशक जोसीले बताए । गीतमा दिनेश सुबेदीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु