प्रेमको गीतमा वर्षासँग रवि

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७३, शनिबार

काठमाडौं— गायक प्रेम सेनको नया“ गीत ‘तिम्रो पाउजु…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको एउटा नया“ जोडीलाई दर्शकले मन पराएका छन् । अभिनेत्री वर्षा राउतसंग मोडल रवि सिंहको जोडि आकर्षक देखिएको छ । निकेश खड्काको निर्देश्ँनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा वर्षा र रविलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गायक कमल खत्री यो गीतका गीतकार तथा संगीतकार हुन् । विजेश्वर तण्डुकारले यो गीतलाई संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

image-1-1
सानैदेखि अभिनयमा रुची राख्ने रवि सिंहले यसअघि पनि केही म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेका छन् । काठमाडौंको भिमसेनस्थानमा जन्मिएका रवि म्युजिक भिडियो हु“दै चलचित्रमा समेत पुनरामगनको तयारी गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु