प्रेम प्रकाशको सम्झनाः राज्यबाटै उपेक्षा

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७३, शुक्रबार

काठमाडौं । नेपाली संगीतका शिखर प्रेम प्रकाश मल्ल ‘मधुकर’को ७९ औ जन्मजयन्तीका अबसरमा राजधानीमा एक कार्यक्रम गरी मल्लको सांगीतिक पाटोको बारेमा स्मरण गरिएको छ । विगत लामो समयसम्म प्यारालाइसिसबाट थलिएर मृत्यवरण गर्न पुगेका मल्लको स्वास्थ्यबारे न कुनै संगीतका संघसंस्थाले ध्यान दिए न राज्यबाट नै उनको स्वास्थ्यप्रति ध्यान दिइयो । जब उनको देवहासन भयो बल्ल उनको जीवनको ब्याख्या गर्नेहरु धेरै देखिए । औषधीसमेत खान नपाएर बाँचुन्जेल पीडा भोग्दै थलिएका मल्लप्रति स्मरण गर्नु राम्रो कुरा हो तर मरेपछि गुणगान गाउने हाम्रो प्रचलनको कहिले अन्त्य हुने हो भन्नेमा एकचोटी सोच्नुपर्ने अवस्था छ ।

rajendra thapa
कार्यक्रममा मल्लको सांगीतिक जीवनको चर्चा गर्दै एक सशक्त नक्षेत्रलाई जीवनको उत्तराद्र्धमा राज्यका तर्फबाट उपेक्षा गरिएको महसुस गरिएको छ । बक्ताहरुले स्रष्टालाई कुनै वादसँग नजोडी स्रष्टाकै आँखाले हेरिनु पर्ने धारणा राखेका छन् ।
संगीतकार सन्तोष श्रेष्ठद्वारा आयोजित उक्त कार्यक्रममा गीतकार राजेन्द्र थापाले मल्लका सृजनामा सरलता र स्वरमा ओज रहेकाले धेरैले रुचाएको बताए । अब्बल सर्जकका रुपमा आफूले टाढै बाट चिनेको मल्लका लागि आफ्नो जागिरे जीवनका बेला मध्यपश्चिममा ‘प्रेम प्रकाश मल्ल बचाउ अभियान’लाई चलाएको स्मरण गरे ।

lokraj
कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष संगीतकार सुरेश अधिकारीले मल्ललाई आफूले प्रत्यक्ष न भेटेकाले धेरै भन्न नसके पनि मल्ल अब्बल स्रष्टा भएकोमा दुईमत नभएको बताए । अधिकारीले मल्लका केहि गीतका हरफहरु मन्तब्यकै क्रममा गाएर सुनाउँदै उनी थलिएर बस्दा आफूहरुले केही गर्न नसकेको बताए । बरु संगीतकार सन्तोष श्रेष्ठले उनलाई सहयोग गर्न नेपालगन्ज पुग्नुभयो तर हामीले केही गर्न सकेनौं अधिकारीले भने ।

प्रस्तोता समाज नेपालका अध्यक्ष हेमन्त शर्माले अग्रजको सम्मान र सम्झनामा आयोजना गरिएको कार्यक्रम भन्दै प्रशंशा गरेका थिए । कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, महासचिव महेश खडका, संगीतकार अर्जुन पोख्रेलले आफना विचार राखेका थिए ।

group artist
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले मल्लको छोटो जीवनीसंगै मल्लको रचना र आफनो संगीतको गीत गाएका थिए । श्रेष्ठले आफूले थोरै भए पनि नजिकबाट नियाल्ने मौका पाएको भन्दै एउटा शिखर पुरषका लागि कुनै क्षेत्रबाट सहयोग नपाएरै उनको देवहसान भएको बताएका थिए । त्यसैगरी गायक तथा संगीतकार गोबिन्द मधुर आचार्यले मल्लको चर्चित गीत ‘कस्तो यो कमाल’ गाएर श्रद्धा सुमन ब्यक्त गरेका थिए ।

बेष्ट पर्फमर २०१५’ लोकार्पण
सोही कार्यक्रममा अमेरिकामा रहेका गायकगायिकाद्वारा स्वरबद्ध गीतहरुको संगालो ‘बेष्ट पर्फमर २०१५’ को सामूहिक बिमोचन गरिएका थियो । लोकराज अधिकारी, भोला ढुङ्गाना, दामु घिमिरे लगायतका गीतकारका शब्द सुरेश अधिकारी महेश खडका, अर्जुन पोख्रेल, गोबिन्द मधुर आचार्यको संगीत रहेको एल्बमा रमेश कँडेल, सहारा राई, गोपाल मगर र जितेन्द्र गिरीको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु