प्रोजेक्ट ५ मा छिरिङ भुटिया

म्यूजिक खबर
प्रकाशित: १० असार २०७१, मंगलवार

काठमाडौं, ११ असार । गायक छिरिङ भुटियाले लामो समयपछि प्रोजेक्ट ५ मार्फत् आफूलाई गायनमा ल्याएका छन् । २०५२ सालमा हेरिदउ हाँसिदेउ बोलको गीतबाट सांगीतिक यात्रा शुरु गरेको छिरिङ भुटियाले यतिखेर दोबाटोमा नामक गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । यतिखेर यूट्यूब, टेलिभिजनमा दोबाटोमा नामक गीतको भिडियो बजिरहेको छ भने रेडियोहरुमा पनि उनको गीतहरु अग्रपंक्तिमा बजिरहेको छ । पारस गजमेरको शब्द र संगीतमा तयार भएको गीत दोबाटोमा छाडेर मलाईमा गायक भुटियाको स्वर रहेको छ भने उनले प्रोजेक्ट ५ नामक गीतिएल्बममा यसलाई समावेश गरेका छन् । यस भिडियोमा नम्रता सापकोटा र गगनले अभिनय गरेका छन् भने म्यूजिक भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका छन् । प्रमोद कार्कीको छायाँकन रहेको यस म्यूजिक भिडियोको सहनिर्देशन भने फ्रान्सिस गुरुङले गरेका छन् । भरमणी रेग्मीको सम्पादन रहेको दोबाटोमा छाडेर बोलको म्यूजिक भिडियोलाई मन्त्रदिव्यले बजार प्रबद्र्धन गरेको छ ।

tshering
२०५२ सालबाट औपचारिक गायन सुरुवात गरेका छिरिङ भुटियाले हालसम्म दुई सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् । निशानी ५३ मा उनले आफ्नो स्वरको माधुर्यतालाई पस्केका थिए । कोही पश्चिम पूर्व घर बोलको राष्ट्रिय गीत समावेश रहेको उक्त गीतमा गोपाल योञ्जनको संगीत रहेको थियो । गोपाल योञ्जनको संगीतमा तयार भएको निशानी ५३ पुरै राष्ट्रिय गीतको एल्बम थियो । २०५३ मा बजारमा आएको निशानी ५३ का सबै स्वदेशगानहरुले छिरिङ भुटियालाई गायनको शिखरमा पु¥याएको थियो । त्यसपछि उनले आफ्नो गायनलाई निरन्तरता दिइरहे । २०५८ हिट्स एफएम म्यूजिक अवार्डमा नआउ मेरो नजिक गीतबाट उत्कृष्ट गायकको अवार्ड चुमेका छिरिङ भुटियाले गायनको निरन्तरतामा अहिले भने प्रोजेक्ट ५ लिएर आएका हुन् । पछिल्लो समयमा साउन्ड इन्जिनियरिङका रुपमा परिचित भएका छिरिङ मुलुकमा हुने प्राय सांगीतिक कार्यक्रमहरुमा व्यस्त हुन्छन् । म्यूजिक खबर म्यूजिक अवार्ड, फिल्मीखबर डिजिटल फिल्म अवार्ड होस् या खोजीप्रतिभाको, नेपाली तारा जस्तो रियालिटी शो होस् धेरैभन्दा धेरै सांगीतिक कार्यक्रमहरुमा उनको साउन्ड इन्जिनियरिङले प्राथमकिता पाइरहेको हुन्छ । साउन्डको काम गर्दै आएका छिरिङलाई पछिल्लो समयमा थोरैले मात्रै गायकका रुपमा चिनेका छन् । उनको वास्तविक पेशा साउन्ड इन्जिनियरिङ भएका कारण गायकको रुपमा परिचय भएर पनि पछाडि परिरहेको छिरिङ बताउँछन् ।

[youtube]https://www.youtube.com/watch?v=4vj-NQ_R-GE[/youtube]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु