फरक शैलीमा ‘राजेशपायल राई लाईभ इन न्यूयोर्क’ हुँदै

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

rajesh-payal-rai

काठमाण्डौ । नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले फरक शैलीमा ‘राजेशपायल राई लाइभ इन न्यूयोर्क साँझ’ गर्ने भएका छन् । सामान्यतया औपचारिक कार्यक्रमहरुमा आसन र भाषणलाई अनिवार्य देख्दै, सुन्दै र भोग्दै आएका छौं हामीले । तर अब ३ दिन पश्चात अर्थात यही आउँदो शनिवार, नोभेम्वर १९ मा न्यूयोर्कमा मेगा स्टार राजेश पायल राईले अन्य व्यक्तित्वको आसन र भाषण बिना नै अनि बिना उद्घोषक सांगीतिक साँझ सम्पन्न गर्दैछन् ।

त्यस्तै हालसम्म गरिंदै आएका एकल सांगीतिक साँझमा पनि बिचमा अन्य नृत्य तथा संगीतका प्रस्तुतिहरु समावेश गरिंदै आईएको पाइन्छ । तर यो परिपाटीलाई पनि १८ वटा गीतिएल्बम र हजारौं गीतमा स्वर दिइसकेका गायक राईले तोड्दैछन् । अन्य कलाकारको कुनै पनि नृत्य तथा गायनका प्रस्तुति नमिसाई राजेश पायल राईले निरन्तर सवा दुई घण्टा भन्दा बढि आफ्नो एकल प्रस्तुति दिने छन् । मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रममा राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।

न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाईन क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो । आईलाईन क्रियसनले ग्राफिक, वेब डिजाइनिङ, प्रिन्टिङ्ग, भिडियो निमार्णसँगै ईभेन्ट व्यवस्थापन लगायतका सेवाहरु प्रदान गर्दै आएको ।

नेपाली सांगीतिक फाँटमा सर्वाधिक व्यस्त रहने गायक राई भन्छन्– ‘अन्य राज्यहरुको कार्यक्रम निकै सफल भयो । न्यूयोर्कमा त हजारौं नेपाली बस्नुहुन्छ । पक्कै पनि मलाई माया गर्दै कार्यक्रममा थुपै्र नेपाली आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ यस पटकको न्यूयोर्कमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम हुने उनले बताए । उनी भन्छन्– ‘न्यूयोर्कमा १९ तारिखको कार्यक्रममा कुनै औपचारिकता हुँदैन । प्रवासी थकान मेट्ने उद्देश्यले आयोजित विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम भएकाले नयाँ स्वाद दिने पनि प्रयत्न गर्नेछु ।’

१८ वटा गीतिएल्बम र हजारौं गीतमा स्वर दिइसकेका गायक राईको एकल स्वरमा आयोजित सांगीतिक साँझमा कुनै पनि आसन ग्रहण र भाषणबाजी नहुने स्पष्ट पार्छन् आयोजक संस्थाका तर्फबाट प्रशान एलुङ राई । झण्डै ४ सय क्षमताको कार्यक्रम हलमा आयोजित ‘मेगास्टार राजेशपायल राई लाइभ इन न्यूयोर्क’को अधिकतम टिकट विक्रीसमेत भएको र कार्यक्रमका लागि न्यूयोर्कमा उत्सुकतासमेत निकै देखिएको बताउँछन् प्रशान एलुङ राई ।

rai-is-king

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु