फर्किए संगीतज्ञ अम्बर गुरुङ

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

दिल्लीमा उपचार गराउन गएका वरिष्ठ संगीतकार अम्बर गुरुङ बुधबार नेपाल फर्किएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

संगीतकार गुरुङ बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका विद्यार्थीले राष्ट्रिय गान गाएर स्वागत गरेका थिए ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि गुरुङलाई थप उपचारको लागि चार हप्ताअघि दिल्लीको मेदान्त अस्पताल लगिएको थियो। उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय भइसकेको छ।

राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो। सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ नेपाली संगीतमा लामो समयदेखि सक्रिय छन्। संगीतकार गुरुङ मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित छन्।

amar gurung

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु