फस्टाउँदै मगर्नीको रोटी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७३, सोमबार

लोकदोहोरी गायिका जानकी तारमी मगरको तीजको गीत सार्वजनिक भएको छ । तीजमा निक्कै व्यस्त रहने गायक पशुपति शर्मासँग मिलेर गायिका मगरले तीजको गीत सार्वजनिक गरेकी हुन् । अघिल्लो वर्ष पानी पुरीबोलको गीत गाएकी उनले यो वर्ष भने मगर्निका सेल रोटी बोलको गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा पशुपती शर्माको नै लय, शब्द रचना रहेको छ ।

magarni _roti
निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई करण चैसिरले छायांकन गरेका छन् । बिष्णु शर्माले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा गायक पशुपती शर्मा र गायिका जानकी तारमी मगरले नै अभिनय गरेका छन् ।

सुर्खेत जिल्ला लगाम गाउँमा नर बहादुर तारमी मगर र आमा तुलिसरा तारमी मगरको कोखबाट जन्मिएकी गायिका जानकी मगरले सानैदेखि गीतसंगीतमा रुची राख्दै २०६७ सालबाट औपचारिक रुपमा यसै क्षत्रमा लागी परेकी हुन् । उनले आफ्नो गायनको सुरुवात देखी ऐलेसम्म करिब ३ दर्जन जती एल्बममा स्वर दिनुको साथै आफ्नै नामबाट पनी एक दर्जन एल्बम बजारमा उतारिसकेको बताएकी छन् ।

सुर्खेत बाट गित गाउनकै लागी ६७ सालमा काठमाडौं प्रवेश गरेर तिन दर्जन जती एल्बममा आवाज दिएकी गायिका मगरले ऐलेसम्म करिब सात वटा जती बिदेशका सांगीतिक कार्यक्रमहरुमा पनि भाग लिन पुगिसकेकी छन् भने नेपालमै हुने मेला महोत्सव हरुमा अझै बढी ब्यस्त हुने गरेकी छन् । तिजका गीतहरु पनि उनले ऐलेसम्म आफ्नो र अर्काको गरेर करिब १० वटा एल्बममा स्वर दिईसकेको बताएकी छन् । ऐलेको सालमा मगर्निको सेल रोटी सहित अर्को मेरो बुढाको आयु लामो होस् भन्ने तिज कोसेली पनी बजारमा आइसकेको बताएकी छन् । ऐलेसम्म यसै गीतसंगीत क्षत्रमा मेहनत गर्दै यहाँ सम्म आएकी छु र अझै मेहनत गर्नै भएको गायिका जानकी तारमी मगरले बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु