फूलमाया कार्की फाउण्डेशनद्धारा बालिकाको उपचारमा आर्थिक सहयोग

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७३, बुधबार

लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । दाङ घर भई चितवनको कविलास दासढुङ्गामा बस्दै आएकी ६ बर्षिया बालिका शोभा श्रेष्ठको उपचारका लागि उक्त फाउण्डेशनले आर्थिक सहयोग गरेको हो । मष्तिस्कघातबाट पिडित रहेकी बालिकाको घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको र उपचारमा समस्या भएको जानकारी पाएपछि गायक विरही कार्की र भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले बालिकाका बाबु राजु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । श्रेष्ठका २ छोरीहरु मध्ये जेठी छोरी शोभा जन्मिए देखि नै मष्तिस्कघात तथा सुस्त मनस्थीति सम्वन्धि समस्याबाट पिडित बन्दै आएकी छिन् । आमा समेत नभएका २ छोरीलाई बाबु राजुले एक्लै हेरचाह र स्याहार सुसार गर्दै आएका छन् । “उपचारमा थोरै भएपनि राहात होस्, उपचारमा टेवा दिन सकियोस् र सहयोगको भावना जागृत होस् भनेर बालिकाको उपचारका लागि सहयोग गरेको हुँ” गायक तथा फूलमाया कार्की फाउण्डेशनका अध्यक्ष बिरही कार्कीले भने, “आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन्छु ।” कार्कीले बालिकाको थप उपचारका लागि समेत चिकित्सकहरूसँग आवश्यक परामर्श गरि सहयोग गर्ने सो अवसरमा वचन दिए । शोभाको दुवै हात खुट्टा चल्न सक्दैनन् भने उनले दिसा पिसाव आएको समेत थाहा पाउदिनन् ।

b56d8559-b7ec-4e2d-b8c3-c5988354810c
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुवेदीले सहयोग गर्न सक्ने मानिसहरूले विपन्न, असहाय र अशक्त नागरिकहरूको उपचारमा सानो सानो भएपनि सहयोग गर्न सके, त्यसले ठुलो राहात मिल्ने बताए । बालिकाका बाबु राजु श्रेष्ठले आर्थिक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचार गराउन नसकेको, आमा पनि नभएकोले हेरचाह गर्न समेत समस्या भएको वताए ।

d4251ddc-5049-4867-80d0-fa6c11139ad7
फूलमाया कार्की फाउण्डेशनका तर्फबाट मकवानपुरको डाडाँखर्ककी एक चेपाङ बालिका मुना चेपाङलाई रू ५० हजार बराबरको अक्षय कोष बनाएर पढाउदै आएको गायक कार्कीले जानकारी दिए । गायक तथा संकलक कार्कीले आफ्नी दिवंगत आमाको स्मृतीमा गत असार ८ गते फूलमाया कार्की फाउण्डेशन स्थापना गरि सामाजिक सेवा गर्दै आएका छन् ।

e7ccaaca-6d42-4374-aa01-0e180ac58566

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु