फोटो पत्रकारको म्युजिक भिडियो

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७३, बुधबार

काठमाडौं— फोटो पत्रकार श्रीधर पौडेलद्वारा निर्देशित एउटा गीतको म्युजिक भिडियो भरखरै सार्वजनकि गरिएको छ । गायक सुरज शाही ठकुरीको स्वरको ‘माया तिमीलाई…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

Suraj_Video_1

उदेश श्रेष्ठको शब्द तथा संगीतको यो गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायक ठकुरीको ‘संस्करण’ एल्बममा यो गीत समावेश छ । यूट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन् । गीतको छायांकन पनि निर्देश्ँक पौडेलले नै गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु