बजारमा आयो संचारकर्मीको ‘रोजाई’

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७३, आईतवार

यस अघि दुई वटा गितबाट चर्चामा छाएकी शारदा (सरु) मरासिनीले पुन अर्को गित लिएर बजारमा आएकी छिन् । ‘बाजी’ एल्वमबाट संगगितिक यात्रा सुरु गरेकी बुटवलकी सरुले अहिले ‘रोजाई’ नामक एल्बम बजारमा लिएर आएकी हुन् ।
यस अघि उनले ‘बाजी’ एल्वममा ‘भेट्न जति सजिलो भो छुट्टिन उति गाह्रो भयो’ र ‘डर’ एल्वममा ‘तिमीलाई माया गर्छु भन्न डराउनाले’ नामक गित बजारमा ल्याएर चर्चामा छाएकी थिइन् ।

rojai
संचारकर्मी समेत रहेकी सरुको अहिले ‘रोजाई’ एल्वम मार्फत ‘भन्देउन म तिम्रो रोजाईमा किन पर्न सकिन’ नामक गित आइतबार बजारमा आइसकेको छ ।
आफुले मन पराएको मायालाई पाउन नसकेको बेदनामा सरुको शब्द, राजकुमार बगरको संगित र राजुबाबु परियारको स्वरमा सुन्न पाइन्छ । उनको यो ‘रोजाई’ एल्वम सप्तक डिजिटील प्रालीले बजारमा ल्याएको हो ।
गितपनि अत्यन्तै मार्मिक रहेको छ जति कोसिस गरेपनि त्यो दिलभित्र छिर्न सकिन यो जिन्दगीमा खुशीयाली फिर्न भन्देउन तिम्रो रोजाईमा म किन पर्न सकिन ?
साथै अन्य अन्तराले पनि सवैको मन जितिरहेको संचारकर्मि सरुको भनाई छ । अडियोमा रिलिज भएको ‘रोजाई’ को गित भिडियोमा पनि छायांकन गर्ने तयारी भइरहेको सरु मरासिनीले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु