बरिष्ठ गायक बैद्यलाई दीर्घ संगीत साधना सम्मान, कन्हैया र अन्जनाको जोडी दशककै उत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७३, बुधबार

capital award

काठमाण्डौ । ‘अनुजलाई अवसर, अग्रजलाई आदर’ भन्ने मूल नाराका साथ दोस्रो ‘बीएफ डीयरहिल नेसनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । मंगलबार राजधानीको नाचघरमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ गायक योगेश बैद्यलाई दिर्घ संगीत साधनाबाट सम्मान गरियो ।

yogesh baidhya
दशकको उत्कृष्ट जोडीका रुपमा गायन तथा वास्तविक जीवनका जोडी गायक कन्हैया सिंह तथा गायिका अन्जना गुरुङलाई सम्मान गरियो ।

anjana_kanahaiya

त्यस्तै मो समयदेखि पत्रकारिताका माध्यमबाट नेपाली गीत संगीतका क्षेत्रमा पुराएको योगदानको कदर गर्दै अनलाईन पत्रिका म्यूजिक खबर डटकमका प्रधान सम्पादक समेत रहेका बैरागीलाई ‘संगीत पत्रकारिता पुरस्कार मार्फत सम्मान गरियो ।

suman-bairagi

गीत संगीतका विभिन्न २४ विधाका स्रष्टालाई प्रदान गरिएको उक्त अवार्डमा वर्षको सर्वोत्कृष्ट गायकको अवार्ड मनोजराजको पोल्टामा पर्दा गायिकाको अवार्ड भने गायिका श्रेयसी चेम्जोङ लिम्बूलाई ‘तिम्रो लागि हाँसीहाँसी’बोलको गीतका लागि प्रदान गरियो ।
संगीतकार सन्तोष श्रेष्ठ कोपिलामा सुन हुन्छ बोलको गीतबाट वर्षको सर्वोत्कृष्ट संगीतकार बन्न सफल भए । त्यस्तै वर्षको सर्वोत्कृष्ट एल्बम नृपध्वज खड्काको ‘पल्लवी’ को नाम घोषण गरियो भने वर्षकै उत्कृष्ट गीतकारको अवार्ड भने गीतकार नन्द बिक्रम अधिकारीले उचाल्न सफल भए ।

santosh shrestha
सर्वोत्कृष्ट मिक्सिङको अवार्ड भोला पौडेलले प्राप्त गरको थिए भने सर्वोत्कृष्ट एरेन्जरको अवार्ड मनोहर सुनामको अधिकार बनेको थियो । यस्तै पप गायकको तर्फबाट गायक राजेश पायलले अवार्ड उचालेको सो समारोहमा गायक तिलक बम मल्ल सिंगर अफ द इयर को रुपमा सम्मानित भए ।
त्यस्तै राष्ट्रिय भावको अवार्ड बीर नेपाली गीतका लागि सुरेन्द्र श्रेष्ठलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट पुरुष महिलाको अवार्ड राजु हमाललाई दिइयो भने सर्वोत्कृष्ट महिला मोडलको अवार्ड उषा खनालको पोल्टा प¥यो । पब्लीक च्वाइसको अवार्ड भने मोडल नारायण ढकाललाई प्रदान गरिएको समारोहमा नेपाली सुगम संगीतका म्यूजिक भिडियोदेखि मोडलसम्मलाई अवार्ड प्रदान गरिएको थियो ।narayan_dhakal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु