बर्षिने भो मन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७३, आईतवार

गायक भविन ढुंगाना र गीतकार होमनाथ न्यौपानेको एल्बम ‘होराइजन’ को शिर्ष गीत ‘बर्षियो आज मन मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शास्त्रीय तथा पप विधाको एउटा उत्कृष्ट फ्युजन गरिएको उक्त गीत वर्षा ऋतुमा गाइने मलहार रागमा आधारित रहेको छ । उक्त गीतमा संगीत प्रवेश मल्लिकको र संगीत संयोजन रञ्जन झाको रहेको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोमा चकलेटी नायक आर्यन सिग्देल र चर्चीत नायिका रीमा विश्वकर्माको रोमान्स हेर्न सकिन्छ ।

ef5caf39-75b3-4291-9f60-f66ac9666d81.jpg

उक्त गीतको म्यूजिक भिडियोलाई निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् भने छायांकन अर्जुन तिवारी रहेकोे छ । गायक ढुंगाना शास्त्रीय गायनमा दिल्ली विश्वविद्यालयका गोल्ड मेडलिस्ट ग्राजुएट हुन् भने गीतकार न्यौपाने विगत एक दशकदेखि गीत लेखनमा सक्रिय छन् । गीतकार न्यौपानेका दुईवटा गीति एल्बम ’चेतना’ र ’हिमालको चन्द्र’ यस अघि नै बजारमा आईसकेका छन् भने गायक ढुंगानाको यो पहिलो गीति एल्बम हो ।

 भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु