बसन्तको ‘क्यारम त नि !’

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

नेपाली सिनेमा तथा आधुनिक गीत संगीतमा थुप्रै सफल गीतहरु पस्किसकेका सफल अनि चर्चित संगीतकार बसन्त सापकोटाले फेरि अर्काे नयाँ गीत ‘क्यारम त नि !’ लिएर आएका छन् । उक्त गीतको म्यूजिक भिडियो पनि रिलिज भएको छ । उक्त ‘क्यारम त नि’ बोलको गीतको भिडियो निर्देशन अहिलेका व्यस्त भिडियो निर्देशक दिपेन्द्र केसीले गरेका हुन् । अहिलेका चर्चित मोडल तथा अभिनेता पल शाह र नेपाली सिनेमाकी चर्चित अभिनेत्री नीता ढुंगानाको यो भिडियोमा अभिनय रहेको छ ।

16061009Kyaram-Tani-New-final.00_01_57_10

 

उक्त गीतको शब्द प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा रामकुमार केसीको छयांकन, प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन । गीत निकै आकर्षक बनेको छ भने शब्दहरु पनि क्याची लाग्छन । संगीतकार तथा गायक सापकोटाले मेहेनत गरेको देखिन्छ भने उनको स्वर परिपक्क गायकको झैँ लाग्छ । त्यस्तै पल र निताको अभिनय पनि राम्रो रहेको छ । ‘क्यारम त नि’ गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन् । यसै गीत मार्फत सयौं हिट लोक गीतहरु दिईसकेको यसअघी कालिन्चोक क्यासेट सेन्टर नामले प्रख्यात यस कालिन्चोक डिजिटलले उक्त नामबाट नेपाली सांगीतिक उद्योगमा पुनरागमन गरेको हो ।

16061010Kyaram-Tani-New-final.00_03_50_22

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु