बस्नेतलाई लाइफटाइम, बुद्धिकृष्ण सदाबहार, न्यौपाने दशककी गायिका

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा यही जेठ २८ गते हुन गइरहेको चौंथो वायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३ को अवसरमा चर्चित गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने भएको छ । बस्नेतले करिब चारदशक भन्दा बढी समय गीतसंगीतकै क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्न लागिएको हो ।

laxmi budhhi kumar
त्यस्तै अवार्ड कार्यक्रममा पिंढीमा बसेर, बाखरी बाखरी जस्ता दर्जनौं सफल गीत गाएर स्रोताहरुको मन जितेका गायक बुद्धिकृष्ण लामिछानेलाई सदाबहार गायकको सम्मान प्रदान गरिने भएको छ भने गायिका लक्ष्मी न्यौपानेलाई दशककी गायिकाबाट सम्मान गरिने भएको छ । सोही अवसरमा म्युजिक भिडियोमा सहायक नृत्य (कोरस) गर्ने एक जनालाई समेत सम्मान गरिदैछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती काठमाण्डौले आयोजना प्रेसमिटको आयोजना गरी चौथों बायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३ को तयारी अन्तिम चरणामा पुगेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक शिव हमालले सबै तयारी पुरा भएको जानकारी दिँदै बस्नेतलाई लाइफटाइम, बुद्धिकृष्णलाई सदाबहार गायक एवं न्यौपानेलाई दशककी गायिकाको रुपमा सम्मान गरिने बताएका हुन् ।

folk song badri
यहि जेष्ठ २८ गते शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न हुन गईरहेको अवार्डमा लोकदोहोरीसंग सम्बन्धित करिब २० विधाका विभिन्न स्रष्टा र सिर्जनालाई अवार्ड चुम्नेछन् । कार्यक्रममा अवार्डले पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै लोकदोहोरीलाई फराकिलो र मर्यादित बनाउन अहम भुमिका खेलेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गायक बद्री पंगेनीले बताए । पंगेनीले अवार्डका माध्यमबाट गीतसंगीतमा नयाँ र मौलिकता पस्कनुपर्नेमा जोड दिँदै पछिल्लो समय गीतसंगीतमा आएको विकृतिलाई निरुत्साहित गर्दै राम्रा गीतसंगीतलाई प्रोत्साहन गर्न अवार्डले सहयोग पु¥याउने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु