बाग्मती अवार्डमा शक्ति बल्लभलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७३, सोमबार

दोस्रो सुन्दरादेवी बाग्मती म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ संगीतकार शक्ति बल्लभलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गर्ने भइएको छ । विगत लामो समयदेखि नेपाली संगीत क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याएवापत अवार्डका अवसरमा ११ हजार १ सय ११ रुपैयाँ राशिसहित सम्मान गर्न लागिएको हो ।

bagmati music award
बाग्मती अञ्चलमा जन्मिएका वा बसाइसराई गरी बाग्मती अञ्चलमा कर्मथलो गरी संगीत क्षेत्रलाई योगदान पु¥याएका वरिष्ठ संगीतकर्मीहरुलाई अवार्डको अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने अवार्ड आयोजक कमिटिका अध्यक्ष किरण अधिकारीले म्यूजिक खबरलाई जानकारी दिए । राजधानीमा अवार्डको उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा अधिकारीले बाग्तमी क्षेत्रको गीतसंगीतलाई क्रियाशील गराउन र राम्रो भन्दा राम्रो प्रतिभालाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गरेको बताएका थिए ।

dinesh dc
बाग्मती म्यूजिक अवार्ड यही जेठ १३ गते नुवाकोटमा सम्पन्न हुने भएको छ । सोही अवसरमा सुन्दरादेवी संगीत पत्रकारिता पुरस्कारबाट म्यूजिक खबर डटकमका प्रधान सम्पादक सुमन बैरागी र संचारकर्मी पुरस्कारबाट संचारकर्मी शिखर गजरकोटेलाई सम्मान सम्मान गरिने आयोजकले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु