बाग्मती म्यूजिक अवार्ड जेठ १५ मा स¥यो

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७३, मंगलवार

यही जेठ १३ गते हुने भनिएको दोस्रो सुन्दरादेवी बाग्मती म्यूजिक अवार्ड २०७३ जेठ १५ गते शनिबार हुने भएको छ । जेठ १३ गते यातायात व्यवसायीले घोषणा गरेको नेपाल बन्दका कारण स्रष्टा एवं सर्जकहरुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै दुई दिन पर सार्नु परेको अवार्ड आयोजक संस्थाका अध्यक्ष किरण अधिकारीले बताए ।

award-1
नुवाकोटको बटारमा रहेको कवडहलमा हुने भनिएको उक्त कार्यक्रम जेठ १५ गते पनि सोही ठाउँमा नै हुने स्रष्टा, सर्जक एवं उपस्थित संगीतप्रेमीलाई आयोजकले बताएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको असरमा अवार्ड पर्न गएको हुँदा सबै स्रष्टाहरु एवं प्रायोजक संस्थाहरुसँग क्षमायाचना गर्दै आयोजकले मुलुकको गतिविधिकै कारण दुई पर सार्नु परेको बताएको छ ।

bagmati music award
अवार्डमा राष्ट्रियस्तरका कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमसमेत गरिने भएको छ । वरिष्ठ संगीतकार शक्ति वल्लभलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिँदैछ भने पत्रकार एवं गीतकार सुमन बैरागीलाई संगीत पत्रकारिता पुरस्कार र संचारकर्मी शिखर गजरकोटेलाई संचारकर्मी पुरस्कार प्रदान गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु