बादशाहले स्टेज छाड्दा दर्शकको बिचल्ली

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७२, बुधबार

काठमाडौं । बलिउड ¥यापर तथा पाश्र्व गायक बादशाहले गाउँदा गाउँदै स्टेज छाडेर हिडेपछि दर्शक टल्ल परे । स्टेजमा आउनेवित्तिकै आफूसँग एक घन्टा रमाउन आग्रह गरेका बादशाहले आधा घन्टा नवित्दै स्टेज छाडेका थिए । उनलाई नाजी इन्टरटेनमेन्ट र यहान इभेन्ट्सले नेपाल ल्याएको हो । होलीको अवसरमा राजधानीको गौचरण खेल मैदानमा आयोजित ‘बादशाह लाईभ इन नेपाल’ कन्र्सटमा बादशाह आफ्ना केही सहकर्मीसँग प्रस्तुत भएका थिए । सुरुमै उनले आयोजकलाई म्युजिक ईन्स्टुमेन्ट फेर्न लगाएका थिए । त्यतिखेरै दर्शकले बादशाहमाथि शंका गरेका थिए ।

बादशाहले गाउँदै गर्दा एक्कासी स्टेज छाडेपछि दर्शकमात्र होइन आयोजक समेत अलपत्र परेका थिए । केही नबोली उनी स्टेजबाट बाहिरिएका थिए । त्यसपछि दर्शक यसबारे आयोजकसँग सोधपुछ गर्दा आयोजकबाट स्पष्ट जवाफ आएन । एक आयोजक सदस्यले भने, ‘कार्यक्रम नै यति नै हो । सकेरै हिडेका हुन् ।’ तर, बादशाहले नै आफूले एक दर्जन गीत गाउने बताएर स्टेज चढेका थिए ।

badsaha
बादशाह स्टेजमा प्रवेश गदैैगर्दा दर्शकलाई कस्तो छ ? भनेर सोधेका थिए भने उनले आफुले एरपोर्टमा ल्यान्ड गर्दैगर्दा सधैको लागि यहि ल्यान्ड हुन पाए हुने बताएका थिए । अघिल्लो दिनमै आइपुग्नु पर्ने बादशाह कन्सर्ट दिन १ बजे मात्र आएका थिए । जसका कारण आयोजकले भनेको समय उनी स्टेजमा पुग्न ढिलो गरेका थिए । उनले ‘कर गई चुल, अभि तो पार्टी सुरु हुई हे, डिजे वाले बाबु मेरा गाना चलादो‘लगायतका गीत गाएका थिए । आयोजकले यस कन्सर्टमा ३००० दर्शक बटुल्ने अपेक्षा गरेको थियो । तर, अपेक्षा गरेभन्दा निकै कम दर्शक थिए । करिब ५० लाख खर्चेर यो कन्सर्ट गरिएको थियो । तर, होलीकै दिन परेकाले दर्शक कम आए । अर्को कुरा प्रचारमा समेत कमि भएकाले आयोजकले यस कन्सर्टबाट घाटा बेर्होनु परेको छ ।

badshahh

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु