बालप्रतिभाकी साम्राज्ञी

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७३, शनिबार

सुर्य चन्द/काठमाडौं


बुद्ध हिड्ने बाटो हाम्लाई हिडाइदेउ न
शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न
बालप्रतिभाकी साम्रज्ञी यतिबेला आफूलाई लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढिरहेकी छन् । साङ्गीतिक क्षेत्रमा आफूलाई अब्बल बनाउन कोशिसरत नाम हो साम्राज्ञी मल्ल । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बाल गायिका साम्राज्ञीको जादुमय आवाजले धेरैलाई तानेको छ । राष्ट्रिय भावको गीत गाएर शान्तिको सन्देश दिँदै अगाडी बढ्दै गरेकी साम्राज्ञी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारमा कक्षा ७ मा अध्ययनरत छिन् ।

13246058_1724237057794471_1238703030_n (1)
दश वर्षको कलिलो उमेरमै आफ्नो स्वरको जादू छर्न सफल गायिका साम्राज्ञी भोलिका दिनमा एउटा राम्रो गायिकाको रुपमा स्थापित हुने देखिन्छन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी साम्रज्ञीको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ । शास्त्रीयदेखि आधुनिक, लोक र भजन गीतसम्म गाइसकेकी साम्राज्ञीले हालै ‘बुद्ध हिंडने बाटो’ नामक एल्बम पनि बजारमा ल्याएकी छन् । सानै उमेरदेखि शास्त्रीय संगीतको अध्ययनमा लागेकी साम्राज्ञी भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् । आफु गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो हजुरबुबालाई दिने गर्छिन् उनी । बाल गायिका साम्राज्ञी मल्ल हजुरबुबाका गीत सुनेर साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् । ‘हजुरबुबा पुरानो गायक संगीतकार पनि हुनुहुन्छ’, उनी भन्छिन – ‘रेडियो नेपालमा हजुरबुबाको धेरै गीत रेकर्ड भएका छन् । उहाँको गीत सुनेर मलाई पनि त्यस्तै हुन मन लाग्थ्यो त्यही भएर म आफ्नै खुसीले आफ्नो परिवारको प्रेरणाले लागेको हुँ ।’

13236034_1724238011127709_842428716_n (1)
यसमा मेरो बुवा र ममीले पनि धेरै सहयोग गर्नुभयो र ममीको साथ र सहयोगले गर्दा नै अहिले यो ठाउँमा छु, उनले भनिन् – गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पु¥याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।

13250406_1724235184461325_725287868_n
मिठो स्वरको धनी बाल गायिका साम्राज्ञी मल्ल साङ्गीतिक क्षेत्रमा चम्किलो तारा बन्नेमा दुईमत छैन । पढाइमा पनि निकै अब्बल उनी बिद्यालयको हरेक कार्यक्रममा पनि अगाडी बढ्छिन । उनको पहिलो एल्बम ‘बुद्ध हिंडने बाटो“ मा उनका गुरु थानेश्वर गौतमको शब्द र संगीत छ भने उनलाई मनपर्ने गीतकार डा. कृष्णहरी बरालको शब्दमा पनि उनले गाएकी छन् । बरालको ‘घ्यार घ्यार गर्छ मोटरसाइकल’ भन्ने गीत छ र विभिन्न शास्त्रीय रागहरुको मिसाइएको ‘छमछम छनन’ बोलको गीत पनि छ । त्यसैगरी ‘डुल्छु बाटोमा’ र ‘बुद्ध हिंडने बाटो’ बोलका गीत पनि उत्तिकै राम्रो बनेको छ । भर्खरै मात्र बुद्ध हिंडने बाटो टाइटल गीतमा म्युजिक भिडियो समेत बाल गायिका मल्लले तयार गरेकी छिन, यस एल्बम मा पाँच वटा गीत समाबेश छन् र चाँडै नै उनको दोश्रो एल्बम पनि बजारमा आउँदैछ । जसको तयारीमा उनी दिन रात लागिपरेकी छिन् । “बुद्ध हिड्ने बाटो हाम्लाई हिडाइदेउ न, शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न“ भन्ने मार्मिक राष्ट्रिय भावको गीतमा अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उक्त म्युजिक भिडियोलाई हरि हुमागाईले छायाँकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु