बालबच्चाको मिठास हो चकलेटः पूूजना

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७२, मंगलवार

अभिनेत्री पूजना प्रधानले आफ्नो निर्माणमा बनेको चलचित्र चकलेट बालबच्चाहरुको मिठास भएको बताइन् । सडक बालबालिकाको कथामा निर्माण भएको यस चलचित्र सन्देशमूलक, सरल बनेको हुँदा तिनै बालबालिकाहरुको मिठास नै चकलेट भएको बताइन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले उपस्थित सम्पूर्ण पत्रकार र अतिथिहरुलाई चकलेट बाँडेकी थिइन् । चलचित्रको नायिकासमेत रहेकी प्रधानले चलचित्र सडक बालबालिकाको कथामा आधारित छ, सबैले टिकट काटेर हेरिदिनुहुन पनि आग्रह गरेकी थिइन् । प्रधान आफूले संचालन गर्दै आएको आश्रममा रहेका बालबालिकाका लागि घर निर्माण गर्न लागेको बताउँदै सबै क्षेत्रबाट सहयोग मिलेको बताइन् । उक्त निर्माणका लागि यति डेभलपमेन्ट बैंकको तर्फबाट २५ हजार रुपैयाँ प्रधान गरिएको थियो भने चलचित्रका अभिनेता डा. आयुष्मान घिमिरेले पनि २५ हजार दिने घोषणा गरेका थिए ।

poojana
निर्मल शर्माको डेब्यू निर्देशन रहेको चलचित्र चकलेट यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको छ । प्रदर्शन मितिलाई लक्षित गर्दै गरिएको प्रेस भेटघाट कार्यक्रममा चलचित्र चकलेटको विषयमा उपस्थित अतिथिहरुले शुभकामना दिँदै चलचित्र सरल बनेको बताएका थिए । अतिथिका रुपमा रहेका दीपकराज गिरीले यो चलचित्र निर्मल शर्माको निर्देशन पक्कै पनि बनेको छ, उहाँको मेहनत र आँटलाई म सम्मान गर्छु भन्दै चकलेटजस्तै मिठो रुपमा सबै दर्शकले लिन अनुरोध गरे । त्यस्तै दीपाश्रीले आफ्नो चेला भएर पनि निर्मल शर्मा वास्तवमै सफल कलाकार हुनुहुन्छ, उहाँको निर्देशन क्षमताले पक्कै पनि सफलता प्राप्त गर्नेछ भन्दै शुभकामना दिएकी थिइन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले निर्मल शर्माको डेब्यू निर्देशनबाट सरल चलचित्र बनेको छ । सबै दर्शकहरुले यसलाई रोनाधोनाका रुपमा नलिई बालबालिकाको कथाभित्र बनेको सन्देशमुलक चलचित्रका रुपमा लिइदिन आग्रह गरे ।

nirmal sharma ghimire deepakraj-shantipriya-deepa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु