बालबालिकालाई वेभ अफ एस्फोडल

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७१, बुधबार

काठमाडौं । बालबालिकालाई मध्यनजर गर्दै एस्फोडल पब्लिक स्कुलले बाल गीतिसंग्रह वेभ अफ एस्फोडल (Wave of Asphodel) लोकर्पण गरेको छ । प्रमुख अतिथि वरिष्ठ गीतकार डा.कृष्णहरि बराल र विशिष्ट अतिथि गीतकार बासुदेव मुनालको हातबाट वेभ अफ एस्फोडेलको लोकर्पण गरिएको हो । सो स्कुलका प्रिन्सिपल वीरेन्द्र प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, संचारकर्मी एवं विद्यार्थीहरुका माझमा उक्त बालगीतिसंग्रह वेभ अफ एस्फोडलको सार्वजनिक गरिएको हो ।
सो स्कुलकी भाइस प्रिन्सिपल विभा कालिका श्रेष्ठको शब्द रहेको उक्त गीतिसंग्रहमा स्कुलकै संगीत शिक्षक मुस्कान बलम्पाखी मगरले संगीत भरेका छन् भने उनकै स्वरमा एल्बमका ६ वटा गीतहरु तयार पारिएको छ । त्यस्तै गायक बलम्पाखी मगरलाई स्कुलकै विद्यार्थीहरु विनायक, मन्जु, राहुल, रुश्मा, कशिश, निशान्त, किरण रुपा मगरलगायतले स्वरमा साथ दिएका छन् ।
एल्बममा एस्फोडल एस्फोडल, आमाको हात समाई, को होला, शुभ प्रभात, किन हो किन, आहा कति रमाइलोजस्ता गीतहरु समावेश गरिएका छन् ।

asphodel musickhabar
कार्यक्रममा गीतकार विभा कालिका श्रेष्ठले आफ्नो गीति लेखनका बारेमा बोल्दै विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताएकी थिइन् । उनले साना साना विद्यार्थीहरुको क्रियाकलापमा आधारित रहेर गीत लेखेको बताएकी थिइन् । त्यस्तै संगीतकार एवं गायक मुस्कान बलम्पाखी मगरले बालबालिकाको मनोभावलाई बुझेर लेखिएको गीतलाई उनीहरुले नै गाउन सक्ने गरी संगीत भर्न सफल भएको बताएका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि बासुदेव मुनालले आफ्ना बाल गीतिलेखनका अनुभवहरु सुनाउँदै आफ्नै गीत गाएर सुनाएका थिए । त्यस्तै प्रमुख अतिथि डा.कृष्णहरि बरालले बालगीत लेखनका अनुभव सुनाउँदै आफू पनि साना साना विद्यार्थीहरुलाई पढाउँदै अहिले विश्वविद्यालयस्तरमा पढाउन सफल भएको हुँदा बालबालिकाको मनोभाव बुझ्न सजिलो भएको बताएका थिए । त्यस्तै कार्यक्रमका सभापति वीरेन्द्रप्रकाश श्रेष्ठले आफूले सबै देशका विद्यालयहरु घुमेर विद्यार्थीको अवस्था बुझेको हुँदा एस्फोडलमा पनि गरिब विद्यार्थीदेखि धनीसम्मका छोराछोरीको पठनपाठनलाई मध्यनजर गरी शिक्षा प्रदान गर्दै आएको बताएका थिए ।

wave of asphodel basudev munal_music asphodel_musickhabar student of asphodel public

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु