बिन्ध्यबासिनी संगीत साँझमा डा.बराललाई सम्मान, ७ पत्रकार पुरस्कृत, अवार्डको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष जस्तै यस बर्ष पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ २०७३ सम्पन्न गरेको छ । यस कार्यक्रममा संगीतकर्मी २०७३ बाट ख्यातिप्राप्त गीतकार डा. कृष्णहरी बराललाई विन्ध्यवासिनी संगीत सम्मान प्रदान गरिएको छ । गीतकार डा. बरालले गीत रचना मार्फत सांगितीक क्षेत्रको श्रीबृद्धीका लागि पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै रु ५० हजार १ रुपियाँ सहित सम्मान गरिएको हो ।

journalist-of-nepal
सोही अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि पत्रकारिता मार्फत संगीत क्षेत्रको विकास र उन्नतीका लागि योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिएको छ । जनही नगद ५ हजार रुपियाँ सहित पत्रकारहरु सामिप्य तिमल्सेना, सन्तोष भट्टराई, अशेष अधिकारी, अनुषा पौडेल, गीता अधिकारी, सुरज पौडेल र एमपी सुब्बालाई विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

bidur-giri
यसैगरी दुबै मृगौलाले काम गर्न छोडी जीवन मरणको दोसाँधमा गुज्रिरहेका पशुपति म्युजिकका सञ्चालक तथा संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणमा सहयोग पु¥याउने उद्येश्यले उपचार सहयोग स्वरूप रु ३ लाख १० हजार ६ सय ७ रुपियाँ प्रदान गरिएको छ । यो सहयोग फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपियाँमा र विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ संग्रहित भएको हो । बिन्ध्यबासिनी फाउण्डेसनले यसअघि २०७० सालमा पहिलो कार्यक्रम सत्य–स्वरुप एकल साँझ आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानलाई सहयोग उपलब्ध गराएको थियो भने २०७१ सालमा विमल डांगी एकल साँझ आयोजना गरी डोल्पा र स्याङजाका ४ विपन्न तथा अहसाय बालबालिकालाई अध्ययनमा सहयोग पु¥याउंदै आएको छ ।

santosh-bhattarai
संगीत साँझमा नेपालका चर्चित सांगीतिक हस्ती रामकृष्ण ढकाल, आनन्द कार्की, निशा देशार, रामचन्द्र काफ्ले, जुनु रिजाल, सुमन सरगम, कुलेंद्र बिश्वकर्मा, विश्व नेपाली लगाएतका कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । सोही अवसरमा विन्ध्यवासिनी फाउन्डेशनको आजीवन सदस्यता लिएका गायिका स्वरुपा रसाइली, मन्जु पौडेल लगायतलाई विन्ध्यवासिनी सम्मान प्रदान गरिएको थियो ।

यसैगरी आगामी मंसिर २४ गते शुक्रबार राजधानीको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ को कुल ३१ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्र समेत सोहि कार्यक्रममा प्रदान गरिएको छ ।

bindhabasini-samman

अवार्डको उत्कृष्ट मनोनयनमा पर्ने कलाकारहरुको नामावली यस प्रकार रहेको छः
सर्वोत्कृष्ट गीत सुगम संगीत गीतकार
१. मारेर जल्छु – सुरेन्द्र महर्जन “अमर”
२. रितु हेर्ने – पद्मा लिंखा मगर
३. आशु लुकाई – करिश्मा घम
४. उडाई लग्यो सपना – विप्लप खड्का
५. नदेखु भन्छु – सुदिप रेग्मी

सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष)
१. कथाले मागेपछि – सुजन तिगेला लिम्बु
२.ओई झुमा झुम्कावाली – प्रमोद खरेल
३. माया मैले तिमीलाई – विश्व नेपाली
४. ऋतु हेर्ने – राजेश पायल राई
५. नमिलेका दाँत तिम्रा – रुपक डोटेल

सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला)
१. तिमी भन्छ्यौ भने – टिका प्रसाई
२. आँशु लुकाई – मेलिना राई
३. नदेखुँ भन्छु – रजीना रिमाल
४. मनको दैलो खोली – अन्जु पन्त
५. निभ्नै लागेको दियो जस्तै – श्रीयासी चेम्जोङ लिम्बु

सर्वोत्कृष्ट संगीत (सुगम संगीत)
१. आँशु लुकाई – राजेश थापा
२. जब साँझ – डी.आर.अटु
३. ओई झुमा – अर्जुन पोखरेल
४. गाजलु आँखा – राम सिटौला
५. निभ्नै लागेको दियो – राजकुमार बगर

सर्वोत्कृष्ट रचना (सुगम संगीत)
१. आकाशको तारा – सुरेन्द्र महर्जन अमर
२. मायालु मुहार – रोशन भट्टराई
३. तिम्रो लागि – बिबस गोदार गुप्ता
४. एउटा यस्तो भिड छ – योगेन्द्रमणी दाहाल
५. धुजा धुजा पारी – राजकुमार बगर

सर्वोत्कृष्ट एल्बम (सुगम संगीत)
१. मुटु – करिश्मा घम
२. अमर – सुरेन्द्र महर्जन
३. अक्षता – रोशन भट्टराई
४. स्वरान्तर – सानुबाबु महर्जन
५. नजर –२ – पद्मा लिंखा मगर

सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजन)
१. सुदिप सागर – तिम्रो संसार
२. सन्जिब बराईली – हिमालमा
३. जुगल डंगोल – अन्मिएर गयौ
४. कमल सौराग – तिमीसँगै जिउछु मर्छु
५. बिजेश्वर तन्डुकार ण्ज्ञछण् तिमीबिना एक्लोपन

सर्वोत्कृष्ट पप गायन (पुरुष)
१. सुमन सरगम – तिम्रो मखमली जोवन
२. नबिन के भट्टराई – कामना
३. बादल प्रसाई – हिमालमा
४. सीताराम पोखरेल – होस् आज छैन
५. सन्जिव प्रधान – म र उनी

सर्वोत्कृष्ट पप गायन (महिला)
१. दुर्गा खरेल – त्यो काले काले केटाले
२. आकांक्षा बस्याल – तिमी नै खास हौ
३. मौसमी गुरुङ – अलि अलि गर्दा गर्दै
४. श्रेया सोताङ – अलि अलि
५. सुमन गुरुङ – किन किन

सर्वोत्कृष्ट संगीत (पप)
१. जुगल डंगोल – हाम्रो मिलन
२. कल्याण सिंह – हिमालमा
३. कारणराज कार्की – होस् आज छैन
४. कमल खत्री – म गीत हँु तिम्रो
५. बिपुल क्षेत्री – माया

सर्वोत्कृष्ट युगल गायन
१. दिपक लिम्बु र रजिना रिमाल – तिमी मेरो
२. सुरेन्द्र महर्जन र मिलन आमात्य – मनको ढोका
३. टिका प्रसाई र राजेशपायल राई – हातैमा चुरा
४. सरोज लामा र आकांक्षा बस्याल – चोखो माया
५. इन्दिरा जोशी र लक्षु निरौला – गिलिन बाट

सर्वोत्कृष्ट लोकदोहोरी गायक
१. शिरिष देपकोटा – उधारो माया
२. मौसम गुरुङ – तिमी फुल हौ काली
३. हरि डाँगी – गुलाफको फूल
४. बद्रि पंगेनी – शिरमा ढाकाटोपी
५. बिमल डाँगी – पागलै बनांैला मायालु

सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१. सिता केसी – उधारो माया
२. मिरा पोख्रेल – गुलाफको फूल
३. देवी घर्ती – मायाले मन
४. कला पंगेनी – शिरमा ढाका टोपी
५. मुना थापा – पागलै बनौला

सर्वोत्कृष्ट लोकदोहोरी भाका
१. ज्योति न्यौपाने – उधारो माया
२. रमेश श्रेष्ठ – छुट्यो मायाजाल
३. सन्तोष के बास्तोला – तिम्रो याद घटाउ
४. रामु खड्का – आज भन्दा भोलि माया
५. एकनारायण भण्डारी – पटुकी पोकोमा के होला

सर्वोत्कृष्ट लोकदोहोरी रचना
१. ज्योती न्यौपाने – उधारो माया
२. राजन ठकुरी – बाटो मोड्ने छैन
३. गणेश चौलागाई – पागलै बनौला
४. प्रल्हाद सुवेदी – पटुकी पोकोमा
५. एकनारायण भण्डारी – कलेजी छिनायौ

सर्वोत्कृष्ट लोकदोहोरी गीत
१. राजिव सुनुवार – माया गर्ने मान्छे
२. राजन ठकुरी – बाटो मोड्ने छैन
३. गोपीकृष्ण पंगेनी – मायाले मन बराल्छ
४. गणेश चौलागाई – पागलै बनौंला
५. एकनारायण भण्डारी – कलेजी छिनायौ

सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ
१. तिम्रो संसार – सनम कठायात र वर्षा राउत
२. चन्द्रजस्तै मुहार – दुर्गेश थापा र विद्या भण्डारी
३. म मरेर के भो – उषा खनाल र ईच्छाराम परियार
४. तिमी नै आस हौ – लक्की आचार्य र दिया रिजाल
५. जो बिना एकपल – बिमल अधिकारी र बर्षा शिवाकोटी

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
१. सुगम पोख्रेल – म यस्तो गीत गाउछु “प्रेम गीत”
२. रामचन्द्र काफ्ले – आइ लभ यु “भाग सानी भाग”
३. चिरन्जीवी भण्डारी – चट्टै मुटु काटेर “रेलिमाई”
४. राजेशपायल राई – फूलै फूलको संसार “फूलै फूलको संसार तिमीलाई”
५. युवराज चौलागाई – हारे हारे “क्लासिक”

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
१. अन्जु पन्त – म यस्तो गीत गाउँछु “प्रेम गीत”
२. जुनु रिजाल काफ्ले – आइ लभ यु “भाग सानी भाग”
३. माण्डवी त्रिपाठी – सुन्तलीलाई भगाई.. “सुन्तलीलाई भगाई लग्यो झिल्केले“
४. मेलिना राई – सुनैको हार दिन “क्लासिक”
५. सिता सिंगक – नदुख्ने कुनै मन हँुदैन “रेलिमाई”

सर्वोत्कृष्ट चलचित्र संगीत
१. अर्जुन पोख्रेल – म यस्तो गीत गाउछु “प्रेम गीत”
२. राजनराज सिवाकोटी – सुर्के थैली खोइ “वार्ड नम्बर ६”
३. चेतन सापकोटा – आइ लाभ यु “भाग सानी भाग”
४. सुरेश अधिकारी – फुलै फुलको मौसम… “फुलै फुलको मौसम तिमीलाई”

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. बलिन्द्र नेम्वाङ्ग – गौतम बुद्ध
२. महेश आचार्य – आफ्नै घर सल्काएर न्यानो
३. पद्मा लिंखा मगर – एकताको गीत गाउँदै
४. स्व.क्षेत्रप्रताप अधिकारी – टोपी लाए पनि हुन्छ
५. डा.रञ्जित झा – हाम्रो देश

सर्वोत्कृष्ट भिडियो निर्देशक (लोकदोहोरी)
१. कपिल लामा – आज भन्दा भोलि माया
२. क्रान्ती केसी – तिमी फुल हौ काली
३. शंकर बिसी – शिरमा ढाकाटोपी
४. शिब बि.क – पिरतीको डोरी
५. शंकर बिसी – उधारो माया

सर्वोत्कृष्ट भिडियो निर्देशक (सुगम संगीत)
१. सुरज श्रेष्ठ – मायालु मुहार
२. निकेश खड्का – ओइलाएर झार्न दिन्न
३. फराज अर्पण – आँखा मारेर
४. प्रणव जोशी – होस आज छैन
५. सहेन्द्र श्रेष्ठ – एउटा यस्तो भिड छ

सर्वोत्कृष्ट छाँयाकर म्युजिक भिडियो
१. हरि हुमागाईं – मायालु मुहार
२. सुदिप बराल – सान्नानी
३. राजेश घिमिरे – ऋतु हेर्ने यो नजर
४. शम्भु चालिसे – पिरतीको डोरी
५. प्रताप सिंह – होस् आज छैन

सर्वोत्कृष्ट सम्पादक म्युजिक भिडियो
१. प्रविन श्रेष्ठ – मायालु मुहार
२. टेकेन्द्र शाह – मिठो सरगम
३. निशान घिमिरे – कोपिलामै सुन हुन्छ
४. अनुप गिरी – जाँदैछु टाढा
५. भरत रेग्मी – होस् आज छैन

सर्वोत्कृष्ट ध्वनी मुद्रण
१. राजेश्वर तण्डुकार – नदेखे झैँ किन
२. साजन साह – ऋतु हेर्ने यो नजरमा
३. बुद्ध सायमी – जति छाल आए पनि
४. बिजय थापा – जिन्दगीले आफैलाई
५. मित्र लामा – नियतिले छालमा बग्दै

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी तर्फ
१. गोपीकृष्ण पंगेनी – मायाले मन बराल्छ
२. सुनिता गुरुङ – पानी पानी
३. नहकुल ढकाल – रुँदै मेलापातमा
४. प्रविन पौडेल – बोल हासी हासी
५. अर्पणराज गीरी – पटुकी पोकोमा के होला

सर्वोत्कृष्ट म्युजिक कम्पनी
१. निर्भाना टिभी नेपाल
२. गोर्खा चौतारी म्यूजिक प्रा.लि.
३. एसियन म्यूजिक प्रा.लि.
४. भावना सोलुसन
५ कामना म्यूजिक

सर्वोत्कृष्ट मोडल दोहोरीतर्फ
१. दुर्गेश थापा र ऋतु बोहोरा – छुट्यो मायाजाल
२. देवेन्द्र क्षेत्री र सपना साही ठकुरी – पिरतीको इतिहास –२
३. रुपा कँडेल र महेन्द्र गौतम – तिमी र म
४. बिमल अधिकारी र सारिका केसी – आज भन्दा भोलि माया
५. अन्जली अधिकारी र शंकर बिसी – उधारो माया

सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगम तर्फ
१. पुष्पराज बराल – नौनी जस्तै
२. सन्देश पाठक – हाम्रो मिलन
३. सन्जिव पराजुली – झिलमिल झिलमिल
४. कमल सौराग – कस्ती भयौ होला
५. बिना राई – नदेखे झैँ किन

सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)
१. आँसु लुकाई – करिश्मा घम
२. जिन्दगीले आफैंलाई – राधिका अधिकारी
३. तिम्रो माया – बबी गुरुङ्ग निश्चल
४. निभ्नै लागेको दियो – लिला पुन
५. ऋतु हेर्ने – पद्मा लिंखा मगर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु