बुद्ध र सगरमाथाको देश चिनाउँन योजनाको समर्पण (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार

yojana-puri

काठमाण्डौ । योजना पुरी नेपालको सांगीतिक धरातलमा स्थापित भईसकेको नाम हो । गायनकला र पत्रकारीतामा क्रियाशिल रहँदै आएकी योजनाले ३ बर्ष अगाडी “मनै त हो” एल्बम बजारमा ल्याइसकेकी छिन् । सबै खाले गित गाउन रुचाउने योजना यतिबेला दोस्रो एल्बम ‘समर्पण’ लिएर आएकी छिन् ।

एक दशक लामो संगित यात्रा भएकाले एल्बमको नाम भने “समर्पण” जुराएकी छिन् । यतिबेला यसै एल्बममा रहेको राष्ट्रभावको गीत युटूव मार्फत सार्वजनिक गरेकी छिन् ।

‘नेपाल देश छ र कतै भनि मलाइ सोध्दा
मन भित्र आगो जल्यो उसको कुरा सुन्दा
मैले भने सगरमाथा हिमालको देश
जहाँ जन्मे गौतम बद्घ त्यहि नेपाल देश

जस्ता देशभक्तिका भावनाले ओतप्रोत भाव भएको गीतका शब्दहरु नवराज खड्काले लेखेका हुन् ।

बिदेशमा रहेकि नेपाली नारि, बिदेशिनुपर्ने नेपालीको अबस्था लगायतका भाव गीतमा समेटिएका छन् । रियाज सिवाकोटिको संगीत रहेको सार्बजनिक गीतलाई साईन प्रडक्सनमा रेकर्ड गरिएको हो । गीतको भिडियोलाई भने पासाड् शेर्पाले खिचेका हुन् । गीत गाईरहेको रेकर्ड भिडियो सार्बजनिक गरिएको ‘नेपाल देश’ बोलको गीतको भिडियोलाई राज कुमारले खिचेका हुन् ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु